बेचबिखनको आरोप लागेका मोस्ट वान्टेड अभियुक्तलाई पक्राउ गरी नेपाल ल्याइयो


प्रकाशित मिति : जेष्ठ १०, २०७५ बिहीबार

चेलिबेढी बेचविखनको अभियोगमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएका सिन्धुपाल्चोक ठुलोपाखरका श्याम कुमार लामालाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ। प्रहरीले उनलाई बिहिबार प्रक्राउ गरि नेपाल ल्याएको हो।

प्रहरीले उनकी श्रीमती मिना लामालाई ६ गते नेपाल ल्याएको थियो। दुवै जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।

उनीहरुले बैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवतीहरुलाई कुवेतमा लगेर बिक्रि गरेको प्रहरीले जनाएको छ। एक पीडितले गत भदौमा महानगरीय अपराध महाशाखामा उजुरी दिएकी थिइन्।

प्रहरीले सुरुमा विजय तामाङलाई पक्राउ गरेको थियो । उनबाटै अनुसन्धान गर्ने क्रममा श्याम र मिनाले कुवेतमै बसेर धेरैलाई बिक्रि गरेको खुलेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com