दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो,दुई दिने राष्ट्रिय शोक मनाइने


प्रकाशित मिति : जेष्ठ ६, २०७५ आईतबार

विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको ‘ब्ल्याक बक्स’ फेला परेको बताएका छन्।

राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए।

सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए।

अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरक्षित
क्युबाली यातायातमन्त्रीले उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको पनि जनाएका छन्।

उनले दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको पनि प्रंशसा गरेका छन्।

विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको हो कि होइन भनेर छुट्ट्याउनु क्युबाका लागि धेरै महत्त्वपूर्ण रहेको हवानास्थित बीबीसी संवाददाता विल ग्रान्ट बताउँछन्।

उनी भन्छन् क्युबाको ध्वाजावाहकसँग रहेका अधिकांश विमान दुर्घटनामा परेको विमान जत्तिकै पुराना छन्। त्यही भएर अधिकारीहरूले अनुसन्धानलाई थप महत्त्व दिइरहेका छन्।

तर पीडितका परिवारहरूलाई भने त्यसले खासै सान्त्वना दिने छैन।

तर उनीहरूले उडेको लगभग एक मिनेटमै के कारणले विमान दुर्घटना भयो भन्ने जवाफ मागिरहेका छन्।

शोक
शुक्रवार हवानास्थित विमानस्थलबाट उडे लगत्तै उक्त विमान दुर्घटनामा परेको थियो।

जम्मा तीन जनालाई जीवितै उद्धार गरिएको थियो र उनीहरूको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

उक्त प्रायद्वीपले दुई दिने राष्ट्रिय शोक मनाइरहेको छ।

नयाँ राष्ट्रपति मिगेल डिआज कनेलले मृतकको पहिचानको काम भइरहेको शवगृहको भ्रमण गर्न लागेका छन्।

शनिवार बिहानैदेखि आफ्ना आफन्त पहिचान गर्न परिवारका सदस्यहरू उक्त भवनमा जम्मा भएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com