विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु, अरु कैयौँ घाइते


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ ।

ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

आइतबारको प्रार्थनाका क्रममा ती व्यक्ति मारिएका हुन् । आइतबार बिहान ती तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ ।

बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अरु बढ्न पनि सक्ने अनुमान गरिएको प्रहरीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् ।

इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादान वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ ।

रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो ।

आइतबार बिहान साढे सात बजेतिर एकै समयमा आतंककारीहरुले तीनवटा चर्चमा हमला गरेका थिए । सरकारले आइएसको सम्भावित हमलाको लागि सुरक्षा सतर्कता अपनाएको समयमा यसरी हमला गरेका हुन् ।

यस हमलाको जिम्मेवारी अहिलेसम्म पनि कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ ।

तीनमध्ये एक चर्चमा आत्मघाती हमला भएको थियो । सो हमलामा परी एकै स्थानमा पाँच जनाको ज्यान गएको थियो ।

मुस्लिम अतिवादीहरुले आइतबारको प्रार्थनाको समयमा यस्तो आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ । चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध भए पनि आत्मघातीले हमला गरेको बताइएको छ । (रासस÷एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com