अविवाहित महिला राज्यका लागि भार:जापानी सांसद


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

जापानको सत्ताधारी पार्टीका एकजना सांसदले जापानी युवतीहरूले बढी बच्चा जन्माउनु पर्ने नभए तिनीहरू राज्यका लागि भार हुने टिप्पणी गरेपछि उनले लैङ्गिक भेदभाव गरेको भनी आलोचना भइरहेको छ।

सत्ताधारी एलडीपी पार्टीको बैठकमा बोल्दै ती सांसद कान्जी कातोले युवतीहरूले कम्तीमा तीन जना बच्चा जन्माउनु पर्ने बताएका थिए।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उनले आफ्नो विवादास्पद भनाइ फिर्ता लिइसकेका छन्।

गत वर्ष जापानमा बालबालिकाको प्रतिशत सय वर्षभन्दा अघि देखिको अवधिमा सबैभन्दा न्यून विन्दुमा झरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक भार
परिवारको आकार ठूलो पार्नका लागि प्रोत्साहन स्वरूप गरिएको आर्थिक तथा अन्य सहुलियतको व्यवस्था खासै प्रभावकारी हुन सकेको देखिएको छैन।

सांसद कातोले आफूले विवाह समारोहमा सहभागी भएर प्रवचन दिनुपरेको बेला नवविवाहित जोडीलाई कम्तीमा तीन बच्चा जन्माउन भन्ने गरेको बताएका थिए।

उनको त्यस्तो टिप्पणीलाई जापानको आशाही शिम्बुन समाचारपत्रले छापेको थियो।

छ सन्तानका पिता ७२ वर्षीय कातोले आफूले विवाह गर्ने चाहना नराख्‍ने महिलाहरूलाई भेटेको बेला तिनीहरूको बुढेसकाल वृद्धाश्रममा बित्ने र त्यसको खर्च अरू मानिसका छोराछोरीले तिरेको करबाट चल्ने भनेर बताउने गरेको भनेका थिए।

उनको त्यस्तो भाषणलाई कतिपय महिला सांसदहरूले आलोचना गरेका थिए।

एक स्थानीय पत्रिकाका अनुसार बैठकमा एकजना महिला सांसदले त्यस्तो सम्बोधनलाई “यौन हिंसा” भनेको जनाएको छ।

आलोचनापछि एक वक्तव्य जारी गर्दै सांसद कातोले भनेका छन्,”मेरा शब्दहरूले गलत अर्थ दिएकामा म क्षमाप्रार्थी छु। महिलाहरूलाई भेदभाव गर्ने मेरो कुनै चाहना होइन। तर मेरा शब्दहरूले त्यस्तो अर्थ दिन सक्ने हुँदा म आफ्नो भनाइ फिर्ता लिन्छु।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com