अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक व्यक्तिद्वारा सातको हत्या


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

पश्चिम अस्टे«लियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ ।
एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारेमा भने केही खुलेको छैन ।

सो गोली प्रहारमा चार बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको छ । पर्थको दक्षिणतर्फ पर्ने यस इलाकामा भएको डरलाग्दो घटनाको खवर प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको छ ।

पाँच व्यक्तिको शव एकै घरभित्र पाइएको थियो । त्यसैगरी दुई जनाको शव उक्त घरभन्दा केही पर पाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मारिने ती व्यक्ति एकै घरका हुन् या उक्त बस्तीका विभिन्न घरका भन्ने बारेमा केही खुलाइएको छैन । तर बालबालिका भने एकै घर परिवारका हुनसक्ने अनुमान गरिएको छ ।

यस घटनामा चार बालबालिकासहित सात व्यक्तिको मृ्त्यु भएको पर्थका प्रहरी प्रमुखले पुष्टि गर्नुभएको छ ।
यस गोली प्रहारमा मारिएका बालबालिकाको उमेर पनि खुलाइएको छैन । प्रहरी प्रमुखले सामूहिक गोली प्रहारको पुष्टि गर्नुभएको छ ।

सन् १९९६ मा अष्ट्रेलियाको पोर्ट आर्थुरमा भएको भीषण आमहत्यामा परी ३५ व्यक्तिको मृत्यु भएको थियो । आज भएको सामूहिक हत्यालाई यसपछिको नै भीषण हत्याको रुपमा लिइएको छ ।

उक्त हत्याकाण्डको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यसको उद्देश्य पनि खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com