किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्नुहुने भएको छ ।

ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने यकिन भइसकेको छैन ।

मे महिनाको मध्यतिर हुनसक्ने भ्रमणका बारेमा केही दिनमा मिति तय हुने ती अधिकारीले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाका नेता किमसँग भने मुनले आउदो शुक्रबार उत्तरसँगको सिमानामा पर्ने दक्षिणकै भू–भागमा पर्ने गाउँ पान्मुन्जोममा भेट्ने कार्यक्रम रहेको छ ।

त्यस लगत्तै किमसँग ट्रम्पले पनि भेट्ने संभावना रहेको यसअघि नै ट्रम्पले बताइसक्नु भएको थियो । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको सुरुतिर हुनसक्ने बताइएको छ ।

अव यी दुई शिर्ष भेटवार्ताको बीचमा अर्को भेटवार्ता ट्रम्प र मुनको हुन लागेको हो । ट्रम्प र किमको भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लाग्नु भएको दक्षिण कोरियाली पक्षको भनाइ छ ।

दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्वन्ध तय हुने जानकार बताउछन् ।

ट्रम्पसँग मुनको भेटवार्ता तय गर्न मुनका मूख्य सुरक्षा सल्लाहकार चुङ इयोङले अमेरिकी आफना समकक्षी जोन बोल्टोनसँग वासिङटनमा भेतवार्ता गर्नुभएको छ ।

उहाँहरुकाबीचमा सकारात्मक र उत्साहजनक छलफल भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । (रासस÷सिन्ह्वा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com