सिरियाको हवाई शिविरमा भीषण क्षेप्यास्त्र आक्रमण


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

सिरियाको सैन्य हवाई शिविरमा सोमबार भीषण क्षेप्यास्त्र आक्रमण भएको छ । विद्रोहीको बलियो पकड रहेको सिरियाको डुमा सहरमा भएको यस विषाक्त रसायनिक ग्यास आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका उहाँका समकक्षी इम्यानुएल माक्रोंनले सयुक्त प्रतिक्रिया दिनुभएको छ ।

विषाक्त रसायनिक ग्यास आक्रमणले विश्वको ध्यान तानेको र यस विषयमा सोमबार अबेर राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल हुने अनुमान गरिएको छ ।

सिरियामा मध्य प्रान्त होम्सको डुमा सहरमा रहेको टि–४ अर्थात टियास सैन्य शिविरमा सोमबार बिहान सबेरै कैयांै क्षेप्यास्त्र आक्रमण भएको सिरियाली राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको छ । सानाका अनुसार यस आक्रमणमा मारिएका र घाइते व्यक्तिको भने विशेष तथ्यांक प्राप्त भएको छैन ।

यसैबीच सिरियाको राजधानीबाहिरको विद्रोही नियन्त्रित यस क्षेत्रबाट लडाकू र उनीहरूका परिवारको पहिलो समूह बाहिर निस्किएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस क्षेत्रमा हप्तौँदेखि जारी घेराबन्दी र सैन्य कारबाहीको फलस्वरूप डुमाबाट विद्रोही बाहिरिने क्रम शुरू हुन लागेको बताइएको छ । त्यहाँ कैयौँ दिनदेखि हवाई हमला जारी रहेको थियो ।

सिरियाली सेनाले विषाक्त ग्यासको प्रयोग गरेको खबर बाहिर आएपछि अन्तर्राष्ट्रिय जगतमा भत्र्सना भएको छ । हवाई हमला र गोलाबारीका यस क्षेत्रमा सयौँ मानिसको ज्यान गइसकेको छ र आइतबार रुसी मध्यस्तकर्ताहरूसँग आत्मसमर्पणको क्रम शुरु गर्नको लागि एउटा सहमति भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग भएकोमा सिरियाली राष्ट्रपति बसर अल असद र उनकामित्र शक्ति राष्ट्रहरूको आलोचना गर्नुभएको छ । ट्रम्पले रसायनिक हमलाको कारण असद र उनका मित्रशक्ति राष्ट्र रुस र इरानको कडा आलोचना गर्दै हमलाको लागि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भएको छ ।

सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार विद्रोही नियन्त्रित डुमामा गरिएको आक्रमणमा दर्जनौँको संख्यामा सर्वसारणको ज्यान गएको छ ।
(रासस ÷एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com