यस्तो रह्यो जेलमा ब्राजिलका पूर्वराष्ट्रपति लुलाको पहिलो दिन


प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार

ब्राजिलका अत्याधिक चर्चित नेता जुइज इनासिओ लुला डा सिल्भाले आइतबार जेलमा पहिलो दिन विताएका छन् ।  ब्राजिलका पूर्वराष्ट्रपतिसमेत रहेका लुलालाई घोषणा गरिएको १२ वर्षे जेल सजायको पहिलो दिन बिताएका हुन् ।

उनको जेलजीवनको पहिलो दिनलाई विश्वका एक लोकप्रिय नेताको राजनीतिक अवसानको दिनको रुपमा हेरिएको छ ।  ब्राजिलका पूर्वराष्ट्रपतिमध्ये भ्रष्टाचारको अभियोगमा जेल सजाय पाउने उनी नै पहिलो पूर्वराष्ट्रपति भएका छन् ।

उनलाई संघीय प्रहरी मुख्यालय कुरितिबामा रहेको १६० वर्ग फुट अर्थात् (१५ वर्गमिटर) क्षेत्रफलमा राखिएको छ । “त्यही नै उहाँको अवको नयाँ घर भएको छ,” अधिकारीले भनेका छन् ।  ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समयसीमाभित्र उनले आत्मसमर्पण नगरेपछि प्रहरीले उनलाई हिजो नियन्त्रणमा लिएको थियो ।

आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गरेर  आफुविरुद्ध भ्रष्टाचारको झुटा मुद्दा लगाइएको उनले बताउदै आएका छन् ।  ब्राजिलको वर्कर्स पार्टी (पिटी)ले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदबार बनाउने घोषणा गत जनवरी मै गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दा लगाइएको छ । एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उनलाई लागेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com