हराएकी छोरी २४ वर्षपछि भेटिँदा


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

चीनका एक ट्याक्सी चालकले सडकबाट हराएकी छोरीलाई साढे दुई दशकपछि फेला पारेका छन्। फलफूल व्यापारी वाङ मिङ र उनकी पत्नी ली यूले सन् १९९४ सडकपेटीबाट हराएकी छोरी २४ वर्षपछि पत्ता लगाएका हुन्।

सडकमा फलफूल बेच्दै गर्दा मिङ ग्राहकलाई खुद्रा पैसा दिन अर्को पसलमा गएका थिए त्यही समयमा उनकी छोरी क्वी फिङ हराएकी थिइन्। छोरी हराएपछि मिङले ट्याक्सी चलाउन थाले। सेवा लिएका १४ लाख यात्रुलाई ट्याक्सीको ढोकामा हस्ताक्षर गर्न लगाई उनले छोरी खोजिदिन आग्रह गरेका थिए।

त्यो खबर एक पटक स्थानीय पत्रिका र टेलिभिजनमा पनि प्रसारण भएको थियो। एक स्थानीय प्रहरीले छोरीको अनुमानित ‘स्केच’ तयार पारे। उक्त तस्विरको सहायताले मिङले अाफूभन्दा २७ हजार माइल टाढा जिलिन शहरमा रहेकी छोरीलाई पत्ता लगाएरै छाडे। फिङका अाश्रयदाताले सडकपेटीमा अलपत्र भेटिएकी बच्चीलाई लगेर पालनपोषण गरेको बताए।

Source : Thahakhabar

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com