रसियाले अमेरिकाको मतदान प्रणाली सफलताका साथ ह्याक गरेको अमेरिकी अधिकारीबाट खुलासा (भिडियो)


प्रकाशित मिति : माघ २५, २०७४ बिहीबार

अमेरिकी चुनावलाई ह्याक हुनबाट जोगाउने विभागकी प्रमुख अमेरिकी अधिकारीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रसियाले अमेरिकाको मतदान प्रणाली सफलताका साथ ह्याक गरेको खुलासा गरेकी छिन् । एनबीसी न्यूजसँगको अन्तरवार्तामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा साइबर सेक्युरिटी प्रमुख जेनेट म्यानफ्राले अमेरिकाका कैयन राज्यका मतदान दर्ता प्रणालीमा रसियाले सफलताका साथ पहुच कायम गरेको खुलासा गरेकी हुन् । सन् २०१६ को चुनाव अगाडि नै रसियाले यसरी ह्याक गरेको उनले बताइन् ।

उनले कैयन गोप्य सुचनाबारे बोल्न नमिल्ने बताउदै २१ स्टेटलाई निशानामा पारेकोमध्ये केहीमा रसिया ह्याक गर्न सफल भएको खुलासा गरेकी छिन् । अलाबामा, एरिजोना, कोलोराडो, कनेक्टिकट, इलिनोय, आयोवा, मेरिल्याण्ड, मिनासोटा, ओहायो, ओक्लोहोमा, पेन्सिलभेनिया, भर्जिनिया, वासिंटन र विसकन्सिनमा लगायतका २१ राज्यमा निशाना बनाइएको यस अगाडि नै संघीय अधिकारीहरुले बताउदै आएका थिए ।

रसियन ह्याकको बेलामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी रहेका जेह जोन्सनले सन् २०१६ मा भएको गतिविधि अमेरिकाका लागि वेकअप कल रहेको र सरकारले अमेरिकी प्रजातन्त्रमाथि पुन आक्रमण हुनबाट जोगाउन कदम चाल्ने बेला भएको बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com