साप्ताहिक राउण्डअप: अमेरिकी अध्यागमनमा आएका परिवर्तन र अपडेटहरु के के छन्?


प्रकाशित मिति : कार्तिक २३, २०८२ आईतबार

हामी यो साप्ताहिक न्यूजलेटरमा साताभरि अमेरिकी अध्यागमन लगायतका विषयमा भएका परिवर्तन र अपडेटहरूलाई समावेश गर्छौं। यस अंकमा नोभेम्बरको सुरुआतदेखिका अपडेटहरूलाई राउन्डअप गरेका छौं।

अमेरिकाबाट डेढ वर्षमा अपराधमा दोषी ११ नेपाली डिपोर्ट, ७ जना यौन दुर्व्यवहारका घटनामा

अमेरिकामा अपराधमा दोषी ठहर भएर देशनिकाला हुने नेपालीमध्ये सबैभन्दा धेरै यौन दुर्व्यवहारका घटनामा दोषी ठहर भएकाहरू रहेको पाइएको छ। खसोखासले फ्रिडम अफ इन्फर्मेसन एक्टको प्रयोग गरी आइसबाट प्राप्त गरेको विवरणअनुसार डेढ वर्षको अवधिमामात्र ११ जना नेपालीहरू अमेरिकाबाट विभिन्न अपराधमा दोषी ठहर भएर देशनिकाला (डिपोर्ट) भएका छन्। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को अक्टोबर महिनामा डिपोर्ट भएका ३८ जना नेपालीमध्ये ४ जना महिला र ३४ जना पुरुष छन्। सन् २०२५ को जनवरी २० देखि अक्टोबर  ३१ सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कुल ३०६ जना नेपाली डिपोर्ट भएका तथ्यांक छ, जसमा २६० जना पुरुष र ४६ जना महिला छन्। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

अमेरिकामा पी-थ्री भिसामा आउने कलाकारले ‘थर्डपार्टी भुक्तानी’ लिएमा भिसाको उल्लङ्घन

पछिल्ला केही वर्षहरूमा अमेरिकामा पी-थ्री भिसामा विभिन्न कार्यक्रमहरू गर्न आउने नेपाली कलाकारहरूको सङ्ख्या बढेसँगै, प्रस्तुति दिन आउने कलाकारहरूले यो भिसाका नियमहरू पालना गरेका छन् वा छैनन् भन्नेबारे पनि चर्चा हुने गरेको छ। पी-थ्री भिसामा आउने कलाकारहरूले त्यस्ता भिसाका नियमहरू पालना नगरेको खण्डमा समस्यामा पर्नसक्ने चेतावनी कानुन व्यवसायीहरूले दिएका छन्। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

टीपीएस र यू भिसाले ग्रिनकार्डका लागि ‘प्रवेश’ आवश्यकता पूरा नगर्ने युएससीआईएसको पोलिसी अलर्ट

टीपीएस र यू भिसा हुँदैमा ग्रिनकार्डमा जान नसकिने प्रष्ट पार्दै युएससीआईएसबाट नीति अलर्ट जारी गरेको छ। युएससीआईएसले तत्काल लागू हुने गरी नयाँ नीति अलर्ट जारी गर्दै अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २४५(क) अन्तर्गतको सामान्य ‘स्थिति समायोजन’ प्रक्रियाका लागि टीपीएस वा यू भिसा को स्वीकृतिलाई “प्रवेश” नमानिने प्रष्ट पारेको छ। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

आवाज र डीएनए सहित सबै उमेरका व्यक्तिको बायोमेट्रिक्स संकलन गर्न नयाँ अध्यागमन नियम प्रस्ताव

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अध्यागमन प्रणालीमा बायोमेट्रिक्स संकलनलाई बढावा दिन नयाँ नियम प्रस्ताव गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित प्रस्तावित नियमअन्तर्गत सरकारले अध्यागमन प्रक्रियामा मानिसहरूको पहिचान ट्र्याक गर्नका लागि बायोमेट्रिक पहिचान प्रणाली स्थापना गर्ने तयारी गरेको हो । थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

आइसका एजेन्टहरू आएमा जान्नुपर्ने अधिकारबारे न्युयोर्क सिटीबाट नेपालीमा जानकारी जारी

न्युयोर्क सिटीमा नयाँ मेयरका लागि निर्वाचनपछि अमेरिकी अध्यागमनको छापा बढ्ने अनुमानहरु भइरहँदा  अमेरिकी अध्यागमन एजेन्सी आइसका एजेन्टहरू आफूलाई खोज्दै आएमा जान्नुपर्ने अधिकारबारे न्युयोर्क सिटीको मेयर कार्यालय अन्तरगत अध्यागमन मामिलाले नेपालीमा जानकारी जारी गरेको छ । आइसका एजेन्टहरू घरको ढोकामा आइपुगेमा के गर्ने? घरभित्रै आएभने के गर्ने? कार्यस्थलमा आएभने के गर्ने? हिराशतमा लिइयो वा पक्राउ परेमा के गर्ने? लगायतका विषयमा नेपाली भाषामा श्रोत सामाग्री तयारी पारिएको हो । थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

डिभी लोटरी २०२७ खुलेको र डिभी पार्ने सम्भावना बढाउने हल्लाका पछि नलाग्न विदेश मन्त्रालयको चेतावनी

डिभी लोटरी २०२७ खुलेको हल्लाका पछाडि नलाग्न अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्सले सामाजिक सञ्जालमा पोष्ट गर्दै डाइभर्सिटी भिसा २०२७ को दर्ता अवधि हाल खुला नभएको प्रष्ट पार्दै डिभी २०२७ दर्ता अवधि खुलेको झूटा दाबीहरू र व्यक्ति तथा सेवाहरूले डिभी पार्ने सम्भावना बढाउन सक्ने झूटा दाबी गरेको रिपोर्टहरूबारे आफूहरु जानकार भएको जनाएको छ । थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

पुनर्जीवित ‘पब्लिक चार्ज’ नियमअन्तर्गत अमेरिकी भिसामा कडाइ गर्ने आदेश जारी: को-को प्रभावित?

अमेरिकी विदेश मन्त्रालयले विश्वभरका अमेरिकी दूतावासहरूलाई अध्यागमन कानुनको ‘पब्लिक चार्ज’ प्रावधानअन्तर्गत भिसा जाँचका लागि फराकिलो दायरासहितको नयाँ नियमहरू लागू गर्न निर्देशन दिएको छ। यो कदमले अघिल्लो ट्रम्पकालीन मापदण्डलाई पुनर्जीवित गर्नुका साथै यसको दायरालाई विस्तार समेत गरेको छ। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

यो नियम अन्तरगत अमेरिकाले अब मधुमेह, मुटु रोग र अन्य दीर्घकालीन स्वास्थ्य समस्याहरू भएका विदेशी नागरिकहरूलाई भिसा दिन अस्वीकार गर्नसक्ने भएको छ। ट्रम्प प्रशासनको नयाँ निर्देशिका अन्तर्गत अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासका अधिकारीहरूलाई भिसा आवेदकहरूको स्वास्थ्य अवस्थालाई अझ नजिकबाट मूल्याङ्कन गर्न निर्देशन दिएको छ। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

आप्रवासीहरूलाई राख्न ठूला गोदाम खरिद गर्ने योजनामा अमेरिकी अध्यागमन एजेन्सी आइस

ट्रम्प प्रशासनले अमेजनजस्ता कम्पनीहरूका लागि डिजाइन गरिएका ठूला गोदामहरू किनेर तिनलाई आप्रवासीहरूलाई देशनिकाला गर्नुअघि हिरासतमा राख्ने स्थानका रूपमा प्रयोग गर्ने योजनामाथि विचार गरिरहेको खुलासा भएको छ। यसो गरिएमा ट्रम्प प्रशासनको आप्रवासीहरूलाई हिरासतमा राख्ने क्षमतालाई ठूलो मात्रामा विस्तार गर्नेछ। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने प्रक्रिया रोकिएको युएससीआईएसद्वारा पुष्टि

गत साताको अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने कार्य रोकिएको युएससीआईएसले शुक्रबार पुष्टि गरेको छ। एक वर्षभन्दा लामो समयदेखि विचाराधीन रहेका एसाइलम आवेदनहरूका सन्दर्भमा संस्थाले १०० डलर शुल्कको सूचना आवेदकहरूलाई पठाइरहेको थियो।  थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

युएससीआईएसद्वारा अमेरिकी नागरिक भए/नभएको प्रमाणीकरण गर्ने प्रणाली अपग्रेड

अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) ले आफ्नो सिस्टमेटिक एलियन भेरिफिकेशन फर इन्टाइटल्मेन्ट्स (सेभ) कार्यक्रमलाई अद्यावधिक गरेको छ, जसले राज्यहरूलाई मतदाताको नागरिकता प्रमाणित गर्न अनुमति दिनेछ। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

आपराधिक समूहले नक्कली अध्यागमन एजेन्ट बनेर ठगी गरिरहेको एफबीआईको चेतावनी

संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले आपराधिक समूहहरूले अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का अधिकारी बनेर मानिसहरूलाई ठगी गरिरहेको भन्दै चेतावनी जारी गरेको छ। यस प्रकारका ठगीबाट जोगिनका लागि एफबीआईले आफ्ना एजेन्टहरूलाई पनि आफ्नो परिचय खुल्ने विवरण स्पष्ट रूपमा देखाउन आग्रह गरेको छ। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।

यी बाहेक हामीसँग अन्य महत्वपूर्ण अपडेटहरु पनि निशुल्क उपलब्ध छन् । थप अपडेटहरु पढ्न खसोखासको वेवसाइट हेर्नुहोला । अध्यागमनबारे थप अपडेटहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

हामीले बिहिबार न्युयोर्कका कानुन व्यवसायी बासु फुलारासँग पनि केही पछिल्ला अपडेटहरुबारे कुरा गरेका थियौं । त्यसका भागहरु अब टिकटक र रिल्समा पनि उपलब्ध छन् । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com