अमेरिकाद्वारा इरानमाथि हमला, तीन परमाणु केन्द्रमा बम खसालियो


प्रकाशित मिति : असार ७, २०८२ शनिबार

अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा हमला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रमा हमला गरिएको घोषणा गरेका हुन ।
राष्ट्रपति ट्रम्पले ती हमला फोर्दो, नतांज र इस्फहानमा गरिएको बताएका छन ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा लेख्दै भने, ‘हामीले फोर्दो, नतांज र इस्फहानलगायत इरानका तीनवटा परमाणु केन्द्रहरुमा सफलतापूर्वक हमला गरेका छौं । हमलामा सम्लग्न सबै विमानहरू अहिले इरानको हवाई क्षेत्र भन्दा बाहिर रहेका छन ।’

उनी अगाडि लेख्छन्, ‘फोर्दोमा सबै बम खसालिएको छ र सबै विमानहरू सुरक्षित रूपमा अमेरिकामा फर्किरहेका छन् । हाम्रा महान अमेरिकी सैनिकहरूलाई बधाई । संसारमा अरू कुनै पनि सेना यस्तो गर्न सक्दैन । अब शान्तिको समय हो।’

राष्ट्रपतिको भनाइ अनुसार, इरानमा सम्पन्न सैन्य अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने तयारी उनले गरिरहेका छन । अमेरिकी अधिकारीहरूले बताएअनुसार यो हमलामा बी-२ स्टेल्थ बमवर्षक विमानहरूको प्रयोग गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि अमेरिकाले युएस बी-२ स्टेल्थ बमवर्षकहरूलाई गुआम टापुमा तैनाथ गरेको खबर बाहिरिएको थियो । इजरायली अधिकारीले हमलाको क्रममा अमेरिका र इजरायलबीच पूर्ण समन्वय भएको दाबी गरेका छन् ।

इरानको सरकारी टेलिभिजन च्यानलका डिप्टी पोलिटिकल डाइरेक्टर हसन अबेदिनीले परमाणु केन्द्रहरू पहिले नै खाली गरिसकिएको दावी गरेका छन ।

उनले भने, ‘यदि ट्रम्पले भनेको कुरा सत्य भए पनि इरानलाई कुनै ठूलो क्षति पुगेको छैन, किनभने संवेदनशील पदार्थहरू पहिले नै हटाइएको थियो।’

फोर्दो परमाणु केन्द्रको केही हिस्सा हवाई हमलाको चपेटामा परेको बताइएको छ । यो घटनाले पुनः मध्यपूर्वमा तनावको स्तर बढाउने संकेत दिएको छ । तर आगामी दिनमा परिस्थितिले कुन दिशा लिन्छ भन्ने हेर्न बाँकी छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com