ट्रम्प प्रशासनको हतियार नीति परिवर्तन,फोर्स्ड रिसेट ट्रिगरको बिक्रीलाई अनुमति


प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

M&R Photography

अमेरिकी ट्रम्प प्रशासनले अर्धस्वचालित राइफलहरूलाई तीव्र रूपमा फायर गर्न सक्ने ‘फोर्स्ड रिसेट ट्रिगर’ को बिक्रीलाई अनुमति दिने निर्णय गरेको छ।

यससँगै संघीय सरकारले यसप्रकारका उपकरणमा लगाइएको प्रतिबन्ध हटाउने र जब्त गरिएका ट्रिगरहरू फिर्ता गर्ने सहमति भएको छ।
शुक्रबार अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको यो सहमति विगतका थुप्रै कानुनी मुद्दाहरूको अन्त्य हो ।

सरकारले ती ट्रिगरहरूलाई संघीय कानुनअनुसार ‘मेसिनगन’ अर्थात स्वचालित हतियारको रूपमा वर्गीकृत गर्ने तर्क गर्दै आएको थियो।
यो निर्णय ट्रम्प प्रशासनको दोस्रो संशोधन सम्बन्धी नीतिमा आएको महत्वपूर्ण परिवर्तनको संकेत पनि हो।

ट्रम्प प्रशासनले पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको डेमोक्र्याट सरकारद्वारा लागू गरिएका कडा हतियार नियन्त्रण नीतिहरूलाई उल्ट्याउने संकेत दिइसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महान्यायाधिवक्ता पाम बन्डीले वक्तव्य जारी गर्दै दोस्रो संशोधन कुनै दोस्रो दर्जाको अधिकार नभएको बताइन । तर हतियार नियन्त्रणका पक्षधरहरूले भने यो सहमतिले अमेरिकामा हतियार हिंसा झन् बढाउने चेतावनी दिएका छन्।

गिफोर्डस नामक हतियार नियन्त्रण संस्था की उपाध्यक्ष भेनेसा गोन्जालेजले “ट्रम्प प्रशासनले प्रभावकारी रूपमा मेसिनगनलाई कानुनी बनाएको बताइन । उनका कार्यहरूका कारण मानिसहरूले ज्यान गुमाउने उनको भनाइ रहेको छ ।

‘फोर्स्ड रिसेट ट्रिगर’ एक प्रकारको ट्रिगर हो । जुन एआर १५ शैलीको राइफलमा राख्दा निरन्तर औंलाको दबाबले हतियारलाई स्वचालित जस्तै बनाउँछ।

विगत केही वर्षदेखि अमेरिकी सरकारले यस्ता ट्रिगरलाई गैरकानुनी मेसिनगन रूपान्तरण उपकरणको रूपमा व्याख्या गर्दै आएको थियो।

तर अब न्याय मन्त्रालय र रेयर ब्रिड ट्रिगर नामक कम्पनीबीच भएको सम्झौताले यो प्रतिबन्ध हटाउने निर्णय गरेको हो। सो कम्पनीको कानुनी प्रतिनिधित्व डेविड वारिङ्टनले गरेका थिए । जो अहिले ट्रम्प प्रशासनको ह्वाइट हाउस कानुनी सल्लाहकार हुन्।

सम्झौताअनुसार रेयर ब्रिड ट्रिगर ले अबदेखि यस्ता उपकरणहरू ह्यान्डगनमा प्रयोग हुने गरी विकास नगर्ने प्रतिबद्धता जनाएको छ।

साथै एटीएफले जब्त गरेका वा स्वेच्छाले सरकारलाई बुझाइएका ट्रिगरहरू मालिकहरूलाई फिर्ता गर्नुपर्नेछ। यस सहमतिले ट्रम्प प्रशासनको हतियार नीति परिवर्तनमा एउटा स्पष्ट सन्देश दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com