टेस्लालाई क्यालिफोर्निया बजारमा चुनौती, सवारी दर्ता १५ दशमलव १ प्रतिशतले घट्यो


प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार

विश्वप्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता टेस्लाको क्यालिफोर्नियामा पहिलो त्रैमासिकमा सवारी साधन दर्ता १५ दशमलव १ प्रतिशतले घटेको छ। यो गिरावटले एलोन मस्कको नेतृत्वमा रहेको कम्पनीलाई अमेरिकाको सबैभन्दा ठूलो बजारमा गम्भीर चुनौतीहरूको संकेत गरेको छ ।

क्यालिफोर्निया, जसलाई इलेक्ट्रिक सवारी साधन (इभी) को प्रवृत्तिको संकेतक मानिन्छ, टेस्लाको बजार हिस्सा गत वर्षको ५५ दशमलव ५ प्रतिशतबाट घटेर ४३ दशमलव ९ प्रतिशतमा झरेको छ। यही अवधिमा होंडा, फोर्ड र शेभरोलेट जस्ता ब्रान्डहरूले आफ्नो उपस्थिति बलियो बनाएको क्यालिफोर्निया न्यु कार डिलर्स एसोसिएसन (सीएनसीडीए) ले जनाएको छ।

राज्यमा शून्य(उत्सर्जन सवारी साधनको बिक्री भने ७ दशमलव ३ प्रतिशतले बढेको छ। सीएनसीडीएका अनुसार, टेस्लाको पुरानो उत्पादन लाइनअप र मस्कको राजनीतिक गतिविधिहरूप्रति बढ्दो असन्तुष्टिले बजार हिस्सा घट्नमा प्रमुख भूमिका खेलेको छ।

कम्पनीले विश्वव्यापी रूपमा आफ्नो पहिलो त्रैमासिक बिक्री १३ प्रतिशत ले घटेर तीन वर्षयताकै निम्न स्तरमा पुगेको जनाएको छ। मस्कविरुद्धको प्रतिक्रिया, बढ्दो प्रतिस्पर्धा र ग्राहकहरूले मोडल वाइको नयाँ संस्करणको प्रतीक्षा गर्नु यसका कारणहरू हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मस्कको ट्रम्प प्रशासनको सरकारी दक्षता विभागको नेतृत्व र संघीय कार्यबल कटौतीको नीतिले अमेरिकाभर विरोध प्रदर्शनहरू निम्त्याएको छ। विशेषगरी क्यालिफोर्नियाका उदारवादी मतदाता, जो इलेक्ट्रिक सवारी साधनका प्रमुख ग्राहक हुन् उनीहरु मस्कप्रति असन्तुष्ट छन्।

क्यालिफोर्नियाले टेस्लाको अमेरिकी बिक्रीको झन्डै एक तिहाइ हिस्सा ओगट्छ। सीएनसीडीएले अमेरिकी व्यापार नीतिका कारण राज्यमा नयाँ सवारी साधनको दर्ता २ दशमलव ३ प्रतिशतले घट्ने अनुमान गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com