कोलम्बिया विश्वविद्यालयका थप एक विद्यार्थी पक्राउ, निर्वासन नगर्न न्यायाधीशको आदेश


प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

भर्मन्टका एक अमेरिकी न्यायाधीशले सोमबार ट्रम्प प्रशासनलाई कोलम्बिया विश्वविद्यालयका विद्यार्थी तथा प्यालेस्टिनी समर्थक कार्यकर्ता मोहसेन महदावीलाई निर्वासन नगर्न आदेश दिएका छन्। महदावीलाई अमेरिकी नागरिकताको लागि अन्तर्वार्तामा आउँदा पक्राउ गरिएको थियो।

जिल्ला न्यायाधीश विलियम सेशन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य वरिष्ठ अधिकारीहरूलाई महदावीलाई संयुक्त राज्यबाट हटाउन वा भर्मन्ट राज्यबाट बाहिर लैजान रोक लगाएका छन्। अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइस) अधिकारीहरूले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

वेस्ट बैंकको शरणार्थी शिविरमा जन्मिएर त्यही नै हुर्केका महदावी कोलम्बिया विश्वविद्यालयका विद्यार्थी हुन्। उनका वकिलहरूका अनुसार, उनले सन् २०२५ को शरदमा मास्टर्स डिग्रीका लागि फर्कने योजना बनाएका थिए। ‘सरकारले गाजामा युद्धविराम र रक्तपात अन्त्यको वकालत गर्ने व्यक्तिहरूलाई सजाय दिने मनसाय राखेको छ’, उनका वकिलहरूले अदालतमा दायर गरेको कागजातमा उल्लेख गरे।

महदावीको अवस्था अर्का प्यालेस्टिनी विद्यार्थी कार्यकर्ता महमूद खलिलको जस्तै छ, जो मार्च ८ मा न्यूयोर्कमा पक्राउ परेपछि लुजियानाको हिरासत केन्द्रमा लगिएका थिए। लुजियानाका एक अध्यागमन न्यायाधीशले खलिललाई निर्वासन गर्न सकिने फैसला गरेपछि ट्रम्प प्रशासनलाई कानुनी रूपमा बसेका प्यालेस्टिनी समर्थक विद्यार्थीहरूलाई निर्वासन गर्ने बाटो खुलेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले विद्यार्थी भिसा धारकहरूलाई प्यालेस्टिनी समर्थन र इजरायलको गाजा युद्धको आलोचनालाई अमेरिकी विदेश नीतिका लागि खतरा ठान्दै निर्वासनको नीति अघि सारेको छ। तर, आलोचकहरूले यो कदमलाई अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत स्वतन्त्र अभिव्यक्तिको अधिकारमाथिको आक्रमण भनेका छन्।

‘पहिलो संशोधनअन्तर्गत अधिकार प्रयोग गर्ने व्यक्तिहरूलाई गायब गर्न सकिँदैन’, मेरील्याण्डका सिनेटर क्रिस भान होलेनले भने। भर्मन्टका सिनेटर बर्नी स्यान्डर्स र अन्य कंग्रेस सदस्यहरूले महदावीको हिरासतलाई ‘अनैतिक, अमानवीय र गैरकानुनी’ भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।

महदावीलाई अध्यागमन कार्यालयबाट हतकडी लगाएर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरूले गाडीमा राखेको भिडियो उनका साथीले अनलाइन पोस्ट गरेका छन्। भिडियोमा उनले हतकडी लगाएर पनि शान्तिको सङ्केत देखाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com