अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित


प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

“यदि कार्यान्वयन गरियो भने यो भोकमरी र चरम भोकमरीको सामना गरिरहेका लाखौँ मानिसलाई मृत्युदण्डको सजाय हुनसक्छ”, डब्लुएफपीले एक्समा एक विज्ञप्तिमा भन्यो ।

एजेन्सीले आफ्नो जीवन–रक्षक कार्यक्रमहरूको निरन्तर समर्थनका लागि स्पष्टीकरण र अपिल गर्न हाल अमेरिकी सरकारसँग सम्पर्कमा रहेको बताएको छ ।

डब्लुएफपीले संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय दाताहरूबाट प्राप्त गरेको योगदानलाई स्वीकार गरेको छ र कृतज्ञता व्यक्त गरेको छ । साथै, एजेन्सीले ‘विश्वभरका भोकमरी र कमजोर समुदायहरूलाई महत्त्वपूर्ण खाद्य सहायता’ प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले अफगानिस्तान, यमन र अन्य १२ देशका लागि खाद्यान्न सहयोगसहित बाँकी रहेका अधिकांश सहायता रद्द गर्ने निर्णय गरेको अमेरिकी विदेश मन्त्रालय तथा एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्टका सहायता स्रोतहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com