रुसद्वारा लगातार दोस्रो रात युक्रेनको उत्तर पूर्वी सहर खार्किभमा हमला


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

FILE – Russian soldiers patrol an area of the Metallurgical Combine Azovstal, in Mariupol, on the territory which is under the Government of the Donetsk People’s Republic control, eastern Ukraine, on June 13, 2022. (AP Photo, File)

रुसले लगातार दोस्रो रात युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा हमला गरेको छ। यस आक्रमणमा तीन जना घाइते भएका छन् भने औद्योगिक भवनहरूमा आगलागी भई दुई वटा बालविकास केन्द्रहरूमा क्षति पुगेको छ। युक्रेनी अधिकारीहरूले सोमबार बिहान यसबारे जानकारी दिएका छन्।

खार्किभका मेयर इहोर टेरेखोभका अनुसार आक्रमण रातभरि जारी रह्यो र यसले सहरको सबैभन्दा ठूलो र पुरानो जिल्ला प्रभावित बनायो। “एउटा अनुसन्धान तथा उत्पादन कम्पनीका पाँच वटा औद्योगिक भवनहरू क्षतिग्रस्त भएका छन्,” उनले टेलिग्राममार्फत जानकारी दिएका छन्।

आपतकालीन सेवाका अनुसार आक्रमणपछि लागेको आगो ३,९०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। यसका साथै ड्रोन हमलाले ११ वटा अपार्टमेन्ट भवनहरूमा क्षति पुर्‍याएको छ।

यो हमला अमेरिकी मध्यस्थतामा भएको आंशिक युद्धविराम भएको एक सातापछि भएको हो। उक्त युद्धविरामले ऊर्जा र कालो सागरको संरचनाहरूमा हमला नगर्ने सम्झौता गरेको थियो। तर, दुबै पक्षहरूले एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनी हवाई सेनाले रुसले रातभरमा १३१ ड्रोन प्रक्षेपण गरेको र त्यसमध्ये ५७ ड्रोन युक्रेनी सेनाले खसालेको जनाएको छ । साथै, दुईवटा इस्कान्दर(एम ब्यालिस्टिक क्षेप्यास्त्र पनि प्रयोग गरिएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार भने, “रुसले पछिल्लो सातामा १,००० भन्दा बढी ड्रोन प्रहार गरेको छ। हामी यसबारे अमेरिका तथा अन्य सहयोगी राष्ट्रहरूको ठोस प्रतिक्रिया चाहन्छौं।”

शनिबारको रुसी ड्रोन हमलामा खार्किभमा दुई जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेहुबोभका अनुसार आइतबार कुपिआन्स्क सहरमा निर्देशित हवाई बम आक्रमण हुँदा पाँच जना घाइते भएका थिए र एउटा अपार्टमेन्ट भवन क्षतिग्रस्त भएको थियो।

कुपिआन्स्क, जुन खार्किभको पूर्वमा पर्छ । रुसी सेनाले युद्धको सुरुवातमै नियन्त्रणमा लिएको थियो। तर, पछि युक्रेनी सेनाले पुनः कब्जा जमाएको थियो। अहिले यो सहर फेरि रुसी दबाबमा परेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com