अमेरिकी कर नीति ‘सबै देश’का लागि : राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देश मात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यो अप्रिल २ देखि लागु गरिनेछ । “कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौँ के हुन्छ,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने ।

कर नीति कुन कुन देशमा लागु गरिनेछ भन्ने प्रश्नमा उनले भने, “मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।”

ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो,” अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दाबी गरेका छन् । उनले भने, “यी देशहरूको हाम्रा लागि भन्दा यो कर धेरै उदार हुनेछ ।”

ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसक्नुभएको छ भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसकेका छन् ।

आयातित सवारी साधन (कार) मा पनि अप्रिल ३ देखि अतिरिक्त कर लागू हुनेछ ।

ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चार पाङ्ग्रे सवारी साधनको आयातमा लगाइएको करले वार्षिक १०० अर्ब डलर उठाउन सक्ने दाबी गरेका छन् ।

“यसबाहेक, अन्य करबाट वार्षिक लगभग छ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब छ ट्रिलियन डलर हुनेछ,’ नाभारोले फक्स न्यू सन्डेसँग भने ।

पारस्परिक ट्यारिफको एक विस्तृत शृङ्खला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ । कर नीतिबाट प्रभावित हुने देशहरूले पहिले नै प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् । अर्थशास्त्रीहरूले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढवा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन् ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा आफ्नो सरकारको कर नीतिको बचाउ गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com