मध्यस्थकर्ताबाट प्राप्त गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

Israeli forces, dispatched to the border with Gaza in southern Israel, scan the area near Ashdod on October 8, 2023 as the battle against holdout Hamas fighters continues. Israel also pounded targets in the Gaza Strip on October 8 as Prime Minister Benjamin Netanyahu warned of a “long and difficult” war ahead after Hamas Palestinian militants launched a massive surprise attack the previous day. (Photo by GIL COHEN-MAGEN / AFP)

हमासका एक उच्च अधिकारीले शनिबार समूहले मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत गाजा युद्धविरामको नयाँ प्रस्तावलाई स्वीकृत गरेको भन्दै इजरायलसमक्ष यसलाई समर्थन गर्न आग्रह गरेका छन् । यद्यपि उनले हमासले हतियार बिसाउने सर्तमा युद्धविराम हुननसक्ने चेतावनी दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त भएको र जवाफमा प्रति–प्रस्ताव पेस गरेको पुष्टि गरेको छ ।

“दुई दिनअघि हामीले इजिप्ट र कतारका मध्यस्थता गर्ने भाइहरूबाट प्रस्ताव प्राप्त गर्‍यौँ । हामीले यसलाई सकारात्मक रूपमा लियौँ र अनुमोदन गर्‍यौँ । हामीलाई कब्जा (इजरायल) ले यसलाई रोक्दैन भन्ने आशा छ”, खलिल अल–हयाले मुस्लिम पर्व ईद अल–फित्रको अवसरमा टेलिभिजनमा प्रसारित सम्बोधनमा भने, “प्रतिरोधका हतियारहरू बिसाइने छैन ।”

नेतन्याहुको कार्यालयले मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त गरेको पुष्टि गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजो मध्यस्थकर्ताहरूबाट प्राप्त प्रस्तावअनुसार शृङ्खलाबद्ध परामर्श गर्नुभएको थियो”, उनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ ।

“केही घण्टाअघि इजरायलले अमेरिकासँग पूर्ण समन्वयमा मध्यस्थकर्ताहरूलाई प्रति–प्रस्ताव पठाएको थियो”, कार्यालयले विस्तृत विवरण नदिई भन्यो ।

एक दिनअघि हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायलले गाजामा सघन कारबाही जारी राख्दै गर्दा प्यालेस्टिनी इस्लामवादी आन्दोलन र युद्धविराम सम्झौतामा मध्यस्थकर्ताहरूबीचको वार्ताले गति लिइरहेको बताएका थिए ।

हमास निकट प्यालेस्टिनी स्रोतहरूले युद्धविराम र बन्धक रिहाई सम्झौता पुनर्जीवित गर्न लडकू समूह र इजिप्ट तथा कतारका मध्यस्थकर्ताहरूबीच बिहीबार साँझदेखि वार्ता सुरु भएको बताएका थिए ।

इजरायलले क्षेत्रभर आफ्नो बमबारी अभियान फेरि सुरु गर्नुअघि गाजा पट्टीमा सापेक्षिक शान्ति ल्याएको नाजुक युद्धविराम मार्च १८ मा समाप्त भएको थियो ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासले बन्धकहरू रिहा नगरे गाजाका केही भाग कब्जा गर्ने धम्की दिएको र हमासले इजरायलले प्यालेस्टिनी क्षेत्रमा बम्बारी बन्द नगरे बन्दीहरू ‘कफिनमा’ फिर्ता हुने चेतावनी दिएको एक दिनपछि दोहामा वार्ता सुरु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com