बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध सरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर


प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ।

गत अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा सत्ताच्युत भएपछि हसिना अहिले छिमेकी मुलुक भारतमा निर्वासित अवस्थामा छिन् ।

पूर्व प्रधानमन्त्री हसिना र उनको अवामी लिग पार्टीका शीर्ष नेता तथा कार्यकर्ता वफादारहरू विरुद्ध धेरै आपराधिक अभियोगहरू जारी गरिएका छन् । हसिना नेतृत्वमा रहँदा सुरक्षा बलहरूले गत वर्षको विद्यार्थी आन्दोलनका समयमा सयौँ प्रदर्शनकारीहरूको हत्या गरेको थियो ।

गत डिसेम्बरमा अवामी लिगका करिब ६०० सदस्यको उपस्थितिमा भएको भर्चुअल बैठकमा हसिनालाई सत्तामा फर्काउने उद्देश्यले ‘बंगलादेशमा गृहयुद्ध छेड्ने’ षड्यन्त्र रचेको प्रहरीले उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“देशभित्र र बाहिर रहेका अवामी लिग समर्थक धेरैले अन्तिम अवस्थासम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएका हसिनाविरूद्धको मुद्दामा उल्लेख गरिएको छ ।

प्रहरी प्रवक्ता जसिम उद्दीन खानले एएफपीसँग कुरा गर्दै सुरुमा हसिना र अन्य ७२ जनाविरुद्ध आरोप लगाइएको तर अनुसन्धान अघि बढेसँगै प्रतिवादीको सङ्ख्या बढ्न सक्ने बताए ।

“भर्चुअल मिटिङमा ५७७ जना सहभागी भएका थिए । हामी उनीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेका छौं र यदि षडयन्त्रमा संलग्न भएको पाइएमा उनीहरूमाथि मुद्दा चलाइनेछ,” उनले भनने ।

यस वर्षको सुरुमा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयको एक प्रतिवेदनमा हसिनाको सरकारले गत वर्ष सत्तामा टिक्ने प्रयासमा प्रदर्शनकारीहरूमाथि सुनियोजित आक्रमण र हत्याका लागि जिम्मेवार रहेको उल्लेख गरेको थियो।

अहिले नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले बङ्गलादेशको नेतृत्व सम्हालिरहेका छन् ।

उहाँको कामचलाउ सरकारलाई सन् २०२६ को जुनमा हुने नयाँ निर्वाचनअघि लोकतान्त्रिक सुधारको कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com