दक्षिण कोरियाली विपक्षी नेतालाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा सफाइ


प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

Lee Jae-myung, center, leader of South Korea’s main opposition Democratic Party, arrives at a court in Seoul, South Korea, March 26, 2025. (Kim Hong-Ji/Pool Photo via AP)

दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा बुधबार अदालतले सफाइ दिएको छ ।

प्रमुख विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता लीले गत राष्ट्रपतीय चुनाव प्रचार अभियानका क्रममा कुनै पनि गलत बयान नदिएको ठहर गर्दै सियोल उच्च अदालतले तल्लो अदालतको आदेशलाई उल्ट्याएको हो ।

सन् २०२२ को राष्ट्रपतीय चुनावका क्रममा गलत सूचना सम्प्रेषण गरेको आरोपमा गत नोभेम्बरमा सियोल केन्द्रीय जिल्ला अदालतले लीलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।

अभियोजकहरूले लीलाई पहिलो र पुनरावेदनको सुनुवाईमा दुई वर्षको जेल सजायको माग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सफाई पाएसँगै नेता लीले निर्वाचन कानुन उल्लङ्घनको मुद्दामा अदालतले आफूलाई सफाइ दिएकोमा अदालतप्रति आभार प्रकट गरेका छन् । “सत्य र न्यायमा आधारित ठोस निर्णय गरेकोमा म अदालतप्रति आभारी छु,” लीले अदालत बाहिर उत्साही समर्थकहरूको अगाडि भने ।

“सरकारले ममाथि मुद्दा चलाउने प्रयासमा ‘सार्वजनिक स्रोतहरूको दुरूपयोग’ गरेको र मविरूद्ध झुट्टा मुद्दा चलाएको पुष्टि भएको छ,” उनल थपे ।

आगामी दिनमा कोरियाली जनताको हितमा आफुलाई समर्पित गर्दै सत्यको पक्षमा निरन्तर लड्ने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com