ट्रम्प प्रशासनका मागहरू स्विकार्दै सङ्घीय कोष पुनः प्राप्त गर्ने कोलम्बिया विश्वविद्यालयको प्रयास


प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले कोलम्बिया विश्वविद्यालयको क्याम्पस प्रदर्शन नियन्त्रण तथा अन्य नीतिगत परिवर्तनहरूलाई ‘सकारात्मक पहिलो कदम’ भएको बताएको छ।

यस महिनाको सुरुवातमा ट्रम्प प्रशासनले कोलम्बियालाई दिइएको करिब ४०० मिलियन डलर बराबरको संघीय अनुदान र सम्झौताहरू रद्द गरेको थियो। प्रशासनका अनुसार, क्याम्पसमा भएका प्रो प्यालेस्टिनी प्रदर्शनहरूले यहूदी विद्यार्थीहरूविरुद्ध उत्पीडनको वातावरण सिर्जना गरेको थियो।

मार्च २० मा प्रशासनले कोलम्बियालाई नौ बुँदे मागसहित पत्र पठाएको थियो, जसमा प्रदर्शनसम्बन्धी नियम कडा पार्नुपर्ने र केही विभागहरूलाई प्रत्यक्ष प्रशासनको नियन्त्रणमा राख्नुपर्ने उल्लेख गरिएको थियो।

गत शुक्रबार, कोलम्बियाले प्रशासनका केही मागहरूसँग सहमति जनाएको र केही परिवर्तनहरू पहिले नै प्रक्रियामा रहेको बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘कोलम्बियाले घोषणा गरेका कदमहरूले यहूदी विरोधी गतिविधिहरू रोक्न र विश्वविद्यालयलाई शैक्षिक लक्ष्यमा पुनः केन्द्रित गर्न सहयोग गर्नेछ’, अमेरिकी सामान्य सेवा प्रशासन, शिक्षा विभाग र स्वास्थ्य विभागले संयुक्त विज्ञप्तिमा भने।

कोलम्बियाले नयाँ ‘उप-प्रोभोस्ट’ पद सिर्जना गर्ने घोषणा गर्यो, जसले विश्वविद्यालयका विभिन्न विभागहरूमा रहेको मध्यपूर्व अध्ययन कार्यक्रमको पुनरावलोकन गर्नेछ।

केही विद्यार्थी र प्राध्यापकहरूले कोलम्बियाले सरकारले गरेका मागहरू सहजै स्वीकार गरेको भन्दै विरोध जनाएका छन्।

‘सरकारले स्वतन्त्र शिक्षण संस्थाको पाठ्यक्रम नियन्त्रण गर्न खोज्नु उच्च शिक्षाका लागि खतरनाक संकेत हो’, कोलम्बिया क्लाइमेट स्कूलका स्नातक विद्यार्थी डेमेट्री कावाडासले भने।

यसैबीच, अमेरिकी सरकारका अधिकारीहरूले कम्तीमा ६० अन्य विश्वविद्यालयलाई पनि कोलम्बियामाथि जस्तै कठोर कदम चाल्न सक्ने चेतावनी दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com