ट्रम्प र पुटिनबीचको वार्तापछि रुस र युक्रेनबीच हवाई आक्रमण


प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तापछि पनि रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण जारी राखेका छन् ।

मंगलबार राती भएको हवाई आक्रमणले दुवै देशको पूर्वाधारमा क्षति पुगेको छ।

यी आक्रमण रुसी राष्ट्रपति पुटिनले ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति जनाएपछि भएका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातभर गरिएको आक्रमणमा रुसले सुमीको अस्पतालसहित नागरिक पूर्वाधारलाई निशाना बनाएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्कोतर्फ, युक्रेनको आक्रमणका कारण दक्षिणी रुसमा २० वर्ग किलोमिटरको दायरा भएको तेल डिपोमा आगलागी भएको छ। ट्याङ्कीहरू बीचको पाइपलाइनमा क्षति पुगेको थियो। आगो निभाउन सयौं अग्निनियन्त्रकहरू खटिएका छन्।

रुसी रक्षा मन्त्रालयले युक्रेनबाट प्रहार गरिएका ५७ वटा ड्रोन खसालेको बताएको छ।

मंगलबार डोनाल्ड ट्रम्पसँगको वार्तामा पुटिनले ऊर्जा पूर्वाधारमा आक्रमण ३० दिनको लागि रोक्न सहमति जनाएका थिए । तर, अमेरिकाले प्रस्ताव गरेको पूर्ण युद्धविराममा भने सहमति भएका थिएनन् ।

यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफले आइतबार साउदी अरेबियामा युक्रेनको बारेमा वार्ता जारी रहने बताए। फोन वार्ताका क्रममा पुटिन र ट्रम्पले आज युक्रेन र रुसले १७५-१७५ कैदी आदानप्रदान गर्ने कुरामा पनि सहमति जनाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com