युरोपियन आयोगकी प्रमुख भन्छिन् – ‘रूस युरोपेली लोकतन्त्रसँग टकरावको तयारीमा’


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

DENMARK-EU-POLITICS-DEFENCE

युरोपियन आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले युरोपेली लोकतन्त्रहरूसँग टकरावको तयारी गरिरहेको दाबी गरेकी छिन्।

मंगलबार कोपेनहेगनस्थित रोयल डेनिस मिलिटरी एकेडेमीमा बोल्दै उनले संयुक्त राज्य अमेरिका आफ्नो ध्यान हिन्द-प्रशान्त क्षेत्रमा केन्द्रित गर्दै गर्दा रूसले सैन्य रूपमा बलियो बन्ने रणनीति अपनाइरहेको बताइन्।

“रूसले आफ्नो सैन्य-औद्योगिक उत्पादन क्षमता ठूलो मात्रामा विस्तार गरेको छ। यो लगानीले युक्रेनमा यसको आक्रामक युद्धलाई सशक्त पार्दै युरोपेली लोकतन्त्रहरूसँग भविष्यमा हुने टकरावको तयारी गरिरहेको छ”, उनले भनिन्।

उनका अनुसार रूसको सैन्य क्षमतामा भएको वृद्धिले केवल युक्रेनका लागि मात्र नभई सम्पूर्ण युरोपका लागि खतराको संकेत दिन्छ। युरोपेली संघले यो चुनौतीलाई गम्भीर रूपमा लिँदै आवश्यक सुरक्षा उपायहरू अपनाउने उनले स्पष्ट पारिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com