१७ घण्टापछि पृथ्वीमा आइपुग्नेछन् अन्तरिक्ष यात्री


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन् ।

बुच विल्मोर र सुनिता विलियम्स बोकेको स्पेसएक्स यान स्थानीय समयानुसार ०५ः०५ मा कक्षीय स्टेसनबाट अलग भयो । यसले विश्वव्यापी ध्यान आकर्षित गरेको उनीहरूको लामो मिसन अन्त्य गरेको छ ।

नासाको यो जोडीसँग अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल छन् ।

चालक दल अब पृथ्वीमा फर्कने १७ घण्टाको यात्राका लागि बसिरहेका छन् र उनीहरूलाई स्पेस सुटबाट बढी आरामदायी पोशाकमा परिवर्तन गर्न अनुमति दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि सबै कुरा राम्ररी चल्यो भने क्याप्सुल फ्लोरिडाको तटमा मङ्गलबार लगभग २१५७ जिएमटीमा समुद्री स्प्ल्यासडाउनका लागि आफ्नो प्यारासुट खोल्नेछ । त्यहाँ एक रिकभरी जहाजले चालक दललाई पुनः प्राप्त गर्नेछ ।

विल्मोर र विलियम्सले गत वर्ष जुनमा कक्षीय प्रयोगशालामा उडान भरेका थिए । यो बोइङको स्टारलाइनरलाई यसको पहिलो चालक दल उडानमा परीक्षण गर्न एक दिन लामो राउन्ड ट्रिप हुने थियो ।

तर, अन्तरिक्ष यानमा प्रोपल्सन समस्या देखा पर्यो र उनीहरुलाई फिर्ता उडाउन अयोग्य मानिएपछि, खाली फिर्ता पठाइयो ।

पूर्व नौसेना पाइलटहरू विल्मोर (६२) र विलियम्स (५९) लाई नासा–स्पेसएक्स क्रू–९ मिसनमा पुनः नियुक्त गरियो । जसमा गत सेप्टेम्बरमा ड्र्यागन अन्तरिक्ष यानलाई सामान्य चारको सट्टा दुईको टोलीसँग आइएसएसमा उडान गरेको थियो ।

त्यसपछि आइतवबर बिहान क्रू–१० भनिने राहत टोली स्टेसनमा जोडिएको हो । त्यहाँ उनीहरू ह्याचबाट तैरँदै हिँड्दा उनीहरूको आगमनलाई व्यापक मुस्कानहरू र अङ्कमालहरूले स्वागत गरेका थिए ।

क्रू–१० को आगमनले हेग र गोर्बुनोभसँगै विल्मोर र विलियम्सको प्रस्थानको बाटो खोल्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com