ट्रम्पलाई क्यानडाली प्रधानमन्त्रीको आग्रह – अपमानजनक टिप्पणी गर्न बन्द गर्नुस्


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानडाबारे अपमानजनक टिप्पणी गर्न बन्द गर्न आग्रह गरेका छन्।

उनले ट्रम्पले क्यानडाबारे अपमानजनक टिप्पणी गर्न बन्द नगर्दासम्म दुई देशबीच भविष्यको सम्बन्धबारे गम्भीर वार्ता सम्भव नहुने बताए ।

उनले भने, “जबसम्म ट्रम्पले यस्तो व्यवहार रोक्दैनन्, तबसम्म दुई देशबीच भविष्यको सम्बन्धबारे गम्भीर वार्ता सम्भव छैन।”

ट्रम्पले क्यानडाबाट आयात हुने सामानहरूमा उच्च कर लगाउने चेतावनी दिइरहेका छन्। साथै, उनले बारम्बार क्यानडालाई अमेरिका अन्तर्गतको ५१औँ राज्य बनाउने कुरा गर्दै आएका छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

प्रधानमन्त्री कर्नीले लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले ती टिप्पणीहरूको विरोध गरिसकेका छौँ। ती अपमानजनक छन्, सहयोगी छैनन् । तिनीहरू रोकिएपछि मात्र हामी अमेरिकासँग गम्भीर वार्ताका लागि बस्न तयार हुनेछौँ।”

उनले जनवरीमा आफ्नो राजनीतिक यात्रा सुरु गरेयता पहिलो पटक ट्रम्पविरुद्ध कडा प्रतिक्रिया दिएका हुन्। कर्नीले गत शुक्रबार मात्र पदभार ग्रहण गरेका थिए, तर उनले अझै ट्रम्पसँग कुराकानी गरेका छैनन्। अमेरिकी राष्ट्रपतिले पनि उनको नियुक्तिबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

कर्नीले क्यानडाले अमेरिकासँग व्यापारिक र सुरक्षा सम्बन्धबारे विस्तृत छलफल चाहेको बताए । “जब अमेरिका सो वार्ताका लागि तयार हुनेछ, हामी पूर्ण रूपमा तयार छौँ ।” उनले थपे।

क्यानडाले अमेरिकी आयातित सामानहरूमा दसौँ अर्ब डलर बराबरको प्रतिशोधात्मक कर लगाइसकेको छ। “हाम्रो अर्थतन्त्र अमेरिकाको दसौँ भाग मात्र भएकाले हरेक डलर बराबर कर लगाउने सीमितता छ,” उनले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com