रात्रि क्लबमा आगलागी : ५१ जनाको मृत्यु, एक सय बढी घाइते


प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

म्यासेडोनियाका पूर्वी शहर कोकानीस्थित ‘क्लब पल्स’मा भएको आगलागीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको गृहमन्त्री पान्स टोस्कोभस्कीले बताएका हुन् ।

डीएनके नामक एक लोकप्रिय हिप–हप जोडी हेर्नको लागि करिब एक हजार भन्दा बढी युवा प्रशंसकहरू भेला भएको र उक्त स्थानमा एक्कासी आगलागी भएपछि उनीहरूको हताहत भएको हो ।

“कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्छ,” तोस्कोभस्कीले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “ज्वालालले सजिलै ज्वलनशील पदार्थले बनेको छतलाई समात्यो, त्यसपछि आगो पूरै बाक्लो धुवाँसहित हलमा फैलियो।

हेलिकप्टरले केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पुर्याएको छ ।

तीमध्ये २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको अस्पतालका चिकित्सक नेबोजा नास्टोभले अनलाइन सञ्चारमाध्यम एसडीकेलाई बताए ।

एसडीकेका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी सुरु भएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका र आगो लाग्नुअघि खिचिएका भिडियोहरूमा ‘स्टेज फाउन्टेन’ वा ‘स्टेज जेट’ को प्रयोग देखाइएको थियो । यो कार्यक्रमको क्रममा प्रयोग हुने एक प्रकारको हलमा प्रयोग गरिने आतिशबाजी हो।

म्यासेडोनियाका सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य भिडियोमा भवनको प्रवेशद्वारमा आगोको लप्काले कालो पारेको देखिएको छ ।

’अहिलेसम्म हामीसँग भएको तथ्याङ्कअनुसार ५१ जनाले ज्यान गुमाएका छन्” घटनास्थलको अवलोकनपछि गृहमन्त्री टोस्कोभस्कीले भने, “करिब १०० व्यक्ति घाइते भएका छन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com