इजरायलको सेनाले पश्चिम किनारमा गरेको दुईदिने सैन्य कारबाही अन्त्य
प्रकाशित मिति : असार २०, २०८० बुधबार
(230703) — JENIN, July 3, 2023 (Xinhua) — Israeli troops evacuate an injured soldier using a helicopter near the West Bank city of Jenin on July 3, 2023. The Israeli army launched a large-scale military strike early on Monday on the northern West Bank city of Jenin, according to eyewitnesses and the Israeli military. Dozens of armored vehicles backed by drones and helicopters stormed the city and the refugee camp, said Palestinian eyewitnesses, adding that airstrikes were carried out during the exchange of fire between Palestinian militants and Israeli soldiers. (Photo by Gil Cohen Magen/Xinhua)
इजरायलको सेनाले पश्चिम किनारमा गरिएको दुईदिने सैन्य कारबाही अन्त्य भएको घोषणा गरेको छ । कारबाहीका क्रममा एक जना इजरायली सैनिकसहित १२ जना प्यालेस्टाइनीको ज्यान गएको थियो ।
वेस्ट बैंकको जेनिन क्षेत्रमा गरिएको सैन्य कारबाही औपचारिक रूपमा सकिएको तथा सैनिकहरूले जेनिन क्षेत्र छोडेका इजरायली सेनाका प्रवक्ताले एएफपीलाई बताएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी सरकारको आदेशमा सोमबार बिहान इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा कारबाही थालेको थियो । कारबाही भीषण थियो जसमा सयौं सेनाका साथै ड्रोन र बुलडोजरहरू पनि प्रयोग गरिएका थिए ।
प्यालेस्टाइनी क्षेत्रबाट इजरायलमा प्रहार गरिएका पाँचवटा रकेटलाई रोकेपछि इजरायलले गाजा पट्टीमा हवाई हमला गरेको थियो । प्यालेस्टाइनी सुरक्षा स्रोतले उत्तरी गाजामा रहेको आतङ्कवादी समूह हमासको सैन्य स्थलमा आक्रमण भएको तर कुनै क्षति नभएको बताएको छ ।
पश्चिम किनारको जेनिन क्याम्पमा गरिएको कारबाहीका क्रममा सेनाले लडाका लुकेका ठाउँ, हतियार भण्डार र विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग गरिएका भूमिगत स्थलहरू पत्ता लगाएको बताएको छ ।






