इमरान खानको गिरफ्तारीपछि हिंसा भड्काएको भन्दै ४ पत्रकारमाथि मुद्दा दायर


प्रकाशित मिति : जेष्ठ ३०, २०८० मंगलबार

wiki

पाकिस्तान प्रहरीले मे ९ मा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भएको हिंसा र आगजनीको सम्बन्धमा दुई पत्रकार, एक समाचार एङ्कर र अहिले युट्युबर भएका एक पूर्व सेना अधिकारीलाई “हिंसा भड्काएको” अभियोग लगाएको छ।

भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री खानको उच्चस्तरीय गिरफ्तारीपछि चारै जनालाई देशभरका संवेदनशील सैन्य अड्डाहरू र सरकारी भवनहरूमा आक्रमण गर्न उक्साएको आरोप लगाइएको छ।

सोमबार मोहम्मद अस्लम नामका व्यक्तिको उजुरीमा एफआईआर दर्ता गरिएको थियो।

मोहम्मद अस्लमले प्रहरीलाई भने- मे ९ मा उनले पत्रकार शाहिन सेहबाई, वजाहत सईद खानका साथै पूर्व सेना अधिकारी र युट्युबर आदिल राजा र एन्कर सैयद हैदर रजा मेहदीको स्क्रिनसट र सन्देशहरू साझा गरेको देखेका थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफआईआरमा भनिएको छ – ‘यी व्यक्तिहरूले सेनाको आधारमा आक्रमण गर्न, आतंकवाद फैलाउन र देशमा अराजकता सिर्जना गर्न उक्साएका थिए ।’

पत्रकारहरुको सामाजिक सञ्जालको प्रोफाइल हेरेपछि यि सबैले देश विरोधी शक्तिलाई सघाउने, सेनाको बदनाम गर्ने र सुनियोजित षडयन्त्र र आपसी समन्वयमा काम गरिरहेको पुष्टि भएको एफआइआर लेख्ने व्यक्तिको दाबी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com