निको भएका कोरोना भाइरस संक्रमितलाई पुनः नहुने भन्ने कुनै प्रमाण छैन : डब्ल्यूएचओ
प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको संक्रमणबाट निको भएकालाई पुनः कोरोनाभाइरस संक्रमण नहुने भन्ने कुनै प्रमाण नरहेको जनाएको छ ।
कोरोनाभाइरस संक्रमणबाट निको भएका र ‘एन्टीबडी’ लिएकामा कोरोना भाइरसको संक्रमण दोस्रोपटक नहुने भन्ने कुनै प्रमाण नरहेको डब्ल्यूएचओले जनाएको हो ।
संक्रमण निको भएकामा एन्टीबडी विकास हुने र त्यसले भाइरसलाई आक्रमण गर्ने हुँदा दोस्रोपटक संक्रमण नहुने विश्वास गरिँदै आएकोमा डब्ल्युएचओले तत्कालका लागि त्यस्तो कुनै प्रमाण नभेटिएको बताएको हो ।
साथै, कोरोना भाइरसको संक्रमण र त्यसमा एन्टीबडी ‘रियाक्सन’बारे अझै अनुसन्धान भइरहेको डब्ल्यूएचओले उल्लेख गरेको छ ।






