११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार


प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

कोरोना भाइरसको संक्रमण आशंकमा जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुज भारत ल्याएको छ । पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले एक नेपालीलाई पनि साथै भारत ल्याएको छ ।

क्रुजसिपभित्र रहेकालाई ल्याएर एयर इन्डियाको जहाज बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएकाे छ । उक्त जहाजले ११९ जना भारतीय र पाँच विदेशीलाई उद्धार गरेर ल्याएको हो ।  भारतीय विदेशमन्त्री ए जयशंकरले उद्धार गरिएकामध्ये २ श्रीलंकाली, १ नेपाली, १ साउथ अफ्रिकन र १ जना पेरूका नागरिक रहेको जानकारी दिएका छन् ।

भारतका विदेशमन्त्री डा. एस जयशंकरले पनि ट्विट गर्दै ११९ भारतीय नागरिक उद्धार गर्ने क्रममा १ नेपालीसहित अन्य देशका ५ नागरिकलाई पनि सँगै ल्याइएको जानकारी दिएका छन् । अहिले उद्धार गरिएका सबैलाई भारतीय नागरिकसँगै भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ।

उद्धार गरिएका नेपालीको परिचय भने खुलाइएको छैन । डायमण्ड प्रिन्सेसबाट ल्याइएकाहरूलाई हरियाणास्थित क्वारेन्टाइनमा राखिने जनाइएको छ । भारतकाे नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार उनलाई त्यहाँ १४ दिनसम्म राखिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापानको योकोहास्थित क्वारेन्टाइनमा राखिएकाे डाइमन्ड प्रिन्सेस पानीजहाजमा ३७ सय यात्रु सवार थिए। तीमध्ये बिहीबारसम्ममा ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण नफैलियोस् भनेर उक्त पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com