मानव बेचबिखनको आरोपमा महिला पक्राउ


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

मंसिर ६, कैलाली । मानव बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका- २ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाइदिने भन्दै दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति अनैतिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए । डीएसपी बस्नेतले महिलालाई नियन्त्रणमा लिइ बालिकाको उद्धार गरिएको बताए । पक्राउ परेकी महिलालाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकको मुद्दामा अनुसन्धान सुरु गरिएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com