Follow @khasokhasmag

न्युयोर्कका लागि उडेको जहाज आई ९५ हाइवेमा आकस्मीक अवतरण


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

अमेरिकाको हाइवेमा एउटा जहाज आकस्मीक रुपमा अवतरण गरेको छ । शनिबार बेलुका आई ९५ नर्थ हाइवेमा एउटा जहाज अचानक अवतरण गराइएको थियो ।

जहाज अवतरणपछि उक्त स्थलमा रोढ आइल्याण्ड प्रहरी पुगेको थियो । रोढ आइल्याण्डको वेष्ट ग्रिनवीचमा भएको उक्त घटनामा कोही पनि घाइते भएका छैनन् ।

अमेरिकाका हाइवेहरु अत्यन्तै फराकिला भएकाले आकस्मिक अवस्थामा जहाज अवतरण समेत गराउन सकिने खालका छन् ।

उक्त जहाज टीएफ ग्रिन एयरपोर्टबाट उडेको जनाइएको छ । न्युयोर्कका लागि उडेको उक्त जहाजमा विद्युतीय गढबढी आएको जनाइएको छ ।

उडेको केहीबेरमा नै समस्या आएपछि पाइलटले हाइवेमै आकस्मीक अवतरण गराएका थिए । जसका कारण जहाजमा चढेका सबैको ज्यान जोगिएको छ ।

उक्त जहाज न्युयोर्कको क्वीन्समा रहेको अमेरिकन ड्रिम एभिएसन एलएलसीमा दर्ता रहेको पाइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com