ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानको २६७७ पृष्ठको वयान जारी


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानका क्रममा लिइएका बयानको २६७७ पृष्ठ सार्वजनिक भएको छ । राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई बधाई दिनका लागि गरेको फोनकलबाट महाअभियोगको विषय उठेको हो ।

अहिलेसम्म अमेरिकी संसदको प्रतिनिधिसभाको महाअभियोग अनुसन्धानका क्रममा ८ जना साक्षीहरुले बयान दिइसकेका छन् । यसबाट अमेरिकी सरकारभित्र महिनौदेखि कसरी ट्रम्पको युक्रेन नीतिबारे खिचडी पाकिरहेको थियो भन्नेबारे प्रस्ट भएको छ । खासगरी ट्रम्पले आफ्नो पुननिर्वाचन सुनिश्चित गर्नका लागि बुनेका तानावानाहरु समेत खुल्दै गएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनबिरुद्ध अनुसन्धान गर्न दवाव दिएको फोनकलका कारण अमेरिकी राजनीतिमा विदेशी हस्तक्षेप निम्त्याएको भन्दै विरोध सुरु भएको थियो । अमेरिकी संसदको तल्लो सदनले ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धान अगाडि बढाउने प्रस्ताव पारित गरेपछि यसबारेको अनुसन्धान तीब्र गतिमा अगाडि बढिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com