हिंसाका कारण चुनावी मैदान छाड्दै बेलायती महिला सांसद !


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

एजेन्सी/ बेलायतमा आगामी डिसेम्बर १२ मा आम निर्वाचन हुँदैछ । बेलायतको लल्लो सदन अर्थात हाउस अफ कमन्सका लागि कूल ६ सय ५० जना सदस्यका लागि आम निर्वाचन हुन लागिएकाे हाे ।

ब्रेक्जिटको विषय जटिल बन्दै गएपछि चुनावकाे निर्धारित समयभन्दा दुई वर्ष अगावै निर्वाचन हुने भएकाे हाे । यसअघि सन् २०२२ का लागि आम निर्वाचनको घोषणा भएको थियो ।
चुनावको मिति नजिकै गर्दा बेलायती महिला सांसदहरुले भने निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । अहिलेसम्म ५७ जना सांसदले आम निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । जसमा १८ जना महिला छन् ।

यसअघि सन् २०१० मा १ सय ४९ सांसद र १९९७ मा १ सय १७ सांसदले चुनावमा नलड्ने घोषणा गरेका थिए । तर, अघिल्ला निर्वाचनको तुलनामा चुनावी मैदानमा सहभागी नहुने घोषणा गर्ने महिलाको संख्या भने यस पटक बढी रहेकाे छ ।

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्ने क्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु सामान्य जस्तै भएको छ । ‘अ हिस्ट्री अफ वुमेन इन पार्लियामेन्ट’ पुस्तक लेख्ने लेबर पार्टीकी सांसद रेचल रिभ्स भन्छिन्, ‘पहिलो महिला सांसद नेन्सी एस्टरले पुरुष सांसदबीच निकै संघर्षपछि स्थान बनाएकी थिइन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युकेको संस्कृति सचिव निक्की मार्गनलाई पनि यस्ता धेरै धम्की आउने गरेका छन् । उनलाई ६४ वर्षीय रोबर्ट विल्डरले फोनमा धम्की दिँदै भने ‘अब उनको गन्न सकिने दिन बचेका छन् ।’ ती व्यक्तिलाई १८ हप्ताको जेल सजाय सुनाइयो । निक्की भन्छिन्, ‘आफू सांसद हुँदा परिवार पूर्ण रुपमा प्रभावित हुन्छ । पछिल्लो एक दशकमा मानिसहरुमाथि हुने अभद्र टिप्पणीको श्रृङखला बढेको छ । किनकी अहिले देशमा ब्रेग्जिटमाथि बहस भइरहेको छ, राजनीतिको वर्तमान परिदृश्य एउटा विशेष कारण पनि हो ।’

यस्तै, लिबेरल डेमोक्रेट र पूर्व टोरी सांसद हेडी एलेनले पनि चुनाव नलड्ने बताएकी छन् । उनले आफूलाई पनि ज्यान मार्ने धम्की आएको बताएकी छन् । ब्रेग्जिटको विषयमा ५१ वर्षीय व्यक्तिको एक फेक इमेल आइडीबाट उनलाई यस्तो धम्की आएको थियो । तर यी व्यक्तिलाई पछि ४२ हप्ताको जेल सजाय सुनाइएको थियो । एलेनलले आफ्नो चुनाव क्षेत्रका मानिसलाई लेखेको पत्रमा भनिएको छ ‘कुनै पनि काममा कसैलाई पनि धम्की दिनु, डराउने इमेल पठाउनु र सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नुहुँदैन । यसको असर निकै चिन्ताजनक र अमानवीय हुन्छ ।’

बेलायतमा ब्रेग्जिटका विपक्षीले मात्र होइन पक्षधर सांसदहरुले पनि यस्तो अवस्था भोगेका छन् । टोरी नेता र ब्रेग्जिटका पक्षधर एन्ड्रिय जेनकिन्सले यो समस्यामा परेकी छन् । उनले धम्की मात्रै होइन आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा आत्महत्याको सांकेतिक चित्र पनि बनाएका थिए । उनलाई योबाहेक अरु धेरै टिप्पणी पनि गरिएको थियो । तर, उनले हार मानेकी छैनन् र यो चुनावमा सहभागी हुने निर्णय लिएकी छन् ।

लिबेरल डेमोक्रेटिक सांसद सारा वोलास्टनले कन्जर्भेटिभ पार्टी छोडेपछि प्रहरीले उनलाई आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक अन्र्तक्रिया र प्रचारप्रसार नगर्न सुझाव दिएको छ । एमनेस्टी इन्टरनेशनलले गरेको एक अध्ययनअनुसार महिला सांसदमाथि हुने अभद्र टिप्पणीमा सबैभन्दा धेरै शिकार स्याडो होम सेक्रेटरी डिएन एबट रहेकी छन् । यी टिप्पणीको ५० प्रतिशत भाग उनको ट्विटमा भेटिन्छ । यसका बावजुद पनि उनी आउने चुनावमा आफ्नो पार्टीको दमदार आवाज बन्ने छिन् ।

टोरी अध्यक्ष जेम्स क्लेवर्लीले एक ट्विटलाई रिट्वीट गर्दै चुनावमा नलड्ने निर्णय गर्ने महिला सांसद ३२ प्रतिशत रहेको जानकारी गराएका छन् । ब्रिटेनी संसदको तल्लो सदन हाउस अफ कमन्स छोड्ने पुरुष सांसदको औसत उमेर ६३ वर्ष छ । यसमा महिलाको उमेर ५९ वर्षकाे रहेको छ । ब्रेग्जिटको विपक्षमा मत दिएका ८९ प्रतिशत सांसदले आसन्न निर्वाचनमा भाग नलिने घोषणा गरिएको विषयलाई भने महत्वपूर्णका साथ हेरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com