बेलायतमा मृत भेटिएका सबै ३९ कागजपत्रविहिनहरुको सनाखत
प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार
Police officers drive away a lorry (C) in which 39 dead bodies were discovered sparking a murder investigation at Waterglade Industrial Park in Grays, east of London, on October 23, 2019. – British police said 39 bodies were found near London Wednesday in the container of a truck thought to have come from Bulgaria. Essex Police said the people were all pronounced dead at the scene in an industrial park in Grays, east of London. Early indications suggest the victims are 38 adults and one teenager. A 25-year-old man from Northern Ireland has been arrested on suspicion of murder. (Photo by Ben STANSALL / AFP) (Photo by BEN STANSALL/AFP via Getty Images)
गत महिना लण्डनको दक्षिणपूर्वमा रहेको एसेक्समा मृत भेटिएका सबै भियतनामी नागरिकको सनाखत भएको बेलायतको प्रहरीले शुक्रबार जनाएको छ ।
मृतकमध्ये दुई जनाको उमेर १५ वर्ष रहेको र अधिकांश युवाहरूलाई रहेका थिए । रोजगारीको प्रलोभनमा बेलायत लाने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको थियो ।
उनीहरू अक्टोबर २३ मा एसेक्सको एक पार्कभित्र मृत भेटिएका थिए ।

मानव तस्कर गर्न खोजेको आशंकामा लरी चालक आयरल्यान्डका नागरिकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । उनी पक्राउ परेको दुई साता बित्दा पनि प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन ।
सो विषयमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठजनालाई पक्राउ गरेको छ । लरीमा मारिएकामध्ये ३१ पुरुष र आठ महिलाको रहेको बेलायती अधिकारीले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ ।






