अमेरिका : सडकमा सुत्ने होमलेसलाई १ हजार डलर जरिवाना वा ६ महिना जेल


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

अमेरिकाको लस भेगासमा अब सडकमा सुत्ने होमलेसलाई १ हजार डलर जरिवाना वा ६ महिना जेल सजाय हुने भएको छ । लस भेगास सिटी काउन्सिलले एक आदेश पारित गर्दै यस्तो नियम बनाएको हो ।

लस भेगासमा रहेका ६५ सय भन्दा धेरै होमलेसहरुलाई दक्षिणी नेभाडामा रहेका होमलेस सेल्टरहरुमा पठाउने उद्देश्यले यस्तो नियम ल्याइएको जनाइएको छ । लस भेगासको सिटी काउन्सिलले कोटयार्ड होमलेस रिसोर्स सेन्टरलाई १६ मिलियन डलर दिने प्रतिबद्धता जनाइसकेको छ । कोटयार्ड होमलेस रिसोर्स सेन्टरले कडा प्रकारको घरवारविहिनता भोगिरहेकाहरुलाई आवास प्रदान गर्दै आएको छ ।

लस भेगास सिटी काउन्सिलले पारित गरेको बिलको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

अमेरिकाको लस भेगास उल्लेख्य संख्यामा होमलेसहरु भएको सिटी हो । ४ सय होमलेसहरुमा गरिएको पछिल्लो सर्वेक्षण अनुशार ५२ प्रतिशत लस भेगासको सडकमा सुत्दै आएका छन् । होमलेस हुनेहरुमध्ये २९ प्रतिशतले जागिर गुमाएका कारण र २० प्रतिशतले भाडा तिर्न नसकेर होमलेस भएको बताएका छन् ।

सडकमा सुत्ने नपाइने नियम आगामी आइतवारदेखि लागु हुने छ । तर १ हजार डलर जरिवाना वा ६ महिना जेल सजाय हुने गरी कारवाही भने सन् २०२० को फरबरीबाट थालिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com