भर्जिनिया संसदमा तोडियो रिपब्लिकन पकड, दुबै सदनमा डेमोक्रेटिक बहुमत


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

मंगलबार भएको निर्वाचनमा भर्जिनियाको संसदका दुबै सदनमा डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको छ । यसअगाडि दुबै सदनमा रिपब्लिकनको बहुमत रहेको थियो ।

मंगलबारको चुनावमा भर्जिनियाको सिनेटका ४० सिटमध्ये २१ सिटमा डेमोक्रेटिक पार्टीले विजय हासिल गरेको छ । १९ सिट भने रिपब्लिकनले जितेको छ ।

त्यस्तै भर्जिनिया संसदको तल्लो सदनमा पनि डेमोक्रेटिक पार्टी नै बहुमत ल्याएको छ । कुल सय सिटमध्ये डेमोक्रेटिक पार्टीले ५३ सिटमा विजय हासिल गरिसकेको छ भने एक सिटमा अग्रता हासिल गरिरहेको छ । त्यस्तै रिपब्लिकनले ४३ सिटमा विजय हासिल गरेका छन् भने २ स्थानमा अग्रता लिइरहेका छन् ।

भर्जिनियामा यसपटक इतिहास रचिएको छ । राज्य संसद र गभर्नर अफिसमा डेमोक्रेटिक पार्टीले एकैपटक नियन्त्रण कायम गरेको सन् १९९३ यता यो नै पहिलो पटक हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com