केन्टकी गभर्नरमा डेमोक्रेटिक उम्मेदवारको जीत, तोडियो रिपब्लिकन पकड


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

रिपब्लिकनको पकड रहेको मानिने केन्टकी राज्यको गभर्नर पदमा डेमोक्रेटिक उम्मेदवारले जितेका छन् । मंगलबार भएको चुनावमा एण्डी बशीरले गभर्नर पदमा विजय हासिल गरेका हुन् ।

गत चुनावमा गभर्नरमा विजयी रिपब्लिकन म्याट वेभिनले यसपटक पनि उम्मेदवारी दिएका थिए । तर उनले दोश्रो कार्यकालका लागि आफ्नो पद सुरक्षित गर्न सकेनन् ।

गभर्नरमा निर्वाचित एण्डी बशीरका पिता केन्टकीका ६१ औं गभर्नर थिए । राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले केन्टकी पुगेर रिपब्लिकन उम्मेदवारका पक्षमा मत मागेका थिए ।

डेमोक्रेटिक उम्मेदवार बशीरले ७ लाख ११ हजार ९ सय ५५ मत ल्याएका छन् भने पराजित रिपब्लिकन उम्मेदवार म्याट बेभिनले ७ लाख ७ हजार २ सय ९७ मत ल्याएका छन् । त्यस्तै अर्का उम्मेदवार जोन हिक्सले २८ हजार ४ सय ७५ मत ल्याएका छन् । यसअगाडि बशीर सन् २०१५ मा केन्टकीको एटोर्नी जनरलमा निर्वाचित भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपब्लिकनको पकड रहेको मानिने क्षेत्रमा डेमोक्र्याट्सको जीतलाई राजनीतिक बृत्तमा निकै अर्थपूर्ण मानिएको छ । संचारकर्मी शैलेश श्रेष्ठ भन्छन्  – ‘केन्टकी राज्यको गभर्नरको निर्वाचनमा भएको रिपब्लिकन पार्टीको यो पराजयले राष्ट्रिय राजनीतिमा ठुलो अर्थ राख्दछ ।’

केन्टकीमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हिलारी क्लिन्टन भन्दा ३० प्रतिशत बढी मत ल्याएर विजय हासिल गरेका थिए । अमेरिकी सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याक्नलको गृह राज्य पनि केन्टकी हो ।

केन्टकी त्यस्तो राज्य हो जहाँको राज्य संसदमा रिपब्लिकनहरुको अत्याधिक बहुमत रहेको छ । राज्य सिनेटका ३८ मध्ये २९ सिट रिपब्लिनका छन् भने राज्यको तल्लो सदनका १ सय सिटमध्ये ६१ सिट रिपब्लिकनका छन् ।

त्यस्तै केन्टकीबाट केन्द्रीय सिनेटमा मिच म्याक्नलले सन् १९८५ देखि चुनाव जित्दै आएका छन् भने अर्को सिनेटको पदमा पनि सन् १९९८ देखि रिपब्लिकनले जित्दै आएका छन् । केन्टकीबाट केन्द्रीय संसदको प्रतिनिधिसभामा ६ मध्ये ५ सिट रिपब्लिनले नै जितेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com