२ हजार जित्न ५० अण्डा र एक बाेतल रक्सी खाँदा युवककाे मृत्यु


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

भारतको उत्तरप्रदेश राज्यस्थित जौनपुरमा अण्डा खाने बाजीमा एक जनाको मृत्यु भएको छ । ५० वटा खण्डा खाने बाजी जित्ने क्रममा ४२ वर्षीय सुभाष यादवको मृत्यु भएको हो ।

शाहगंज कोतवालीका इञ्चार्ज जेपी सिंहका अनुसार मृतक सुभाष ट्याक्टर तथा कार चलाउने काम गर्दै आएका थिए । उनले बिबिगञ्ज बाजारमा आफ्नो एक साथीसँग अण्डा खान गएका थिए । यसै क्रममा उनीहरूले एक आपसमा कसले धेरै अण्डा खाने भन्ने बाजी थापेका थिए ।

शर्तअनुसार ५० वटा अण्डा र एक बोतल रक्सी खानेले दुई हजार (भारू) पाउने राखिएको थियो । सुभाषले शर्त मञ्जुर गरी अण्डा खान सुरू गरेका थिए । यस क्रममा उनले ४१ वटा अण्डा खाएका थिए भने ४२ औँ अण्डा खाने क्रममा बेहोस भएर ढलेका थिए । उनी बेहोस हुना साथ अस्पताल लगिएको थियो ।

बेहोस भएर गम्भिर भएका सुवासलाई डाक्टरले लखनऊको पिजिआई अस्पताल पठाएका थिए । सोही अस्पतालमा उनको उपचारका्र क्रममा मृत्यु भएको समाचार जनाइएको छ ।  उनको दुई श्रीमती र चार छोरी रहेका छन् । उनले पहिलो श्रीमतीबाट छोरा नभएको भन्दै ९ महिनाअघि दोस्रो विवाह गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com