कालंगा हाइड्रो पावरको सुरुङमा फसेका मजदुरको उद्धारमा कठिनाइ, काठमाडौंबाट प्राविधिक टोली जाँदै


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ । स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली जाँदै छ ।

नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । प्रहरीले जानकारी प्राप्त हुनसाथ उद्धारको प्रयास थालेको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले बताउनुभयो ।

‘स्थानीय टोलीभित्र गयो तर भित्र अक्सिजन नपुगेपछि दुईजना बेहोस भएपछि अहिले उद्धार स्थगित गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । काठमाडौंबाट विज्ञसहितको टोली हेलिकप्टरमा जाँदै छ । सम्पर्कविहीन भएलगत्तै प्रहरी उद्धारमा खटिए पनि अक्सिजन अभावमा सुरुङ प्रवेश गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बमले जानकारी दिनुभयो ।

अक्सिजन नपुगेपछि इलाका प्रहरी कार्यालय, बुङ्गलका प्रहरी सहायक निरीक्षक अमर भण्डारीलगायतको टोली अन्योलमा परेको छ । प्रहरी नायब उपरीक्षक बमका अनुसार, अक्सिजनकै कारण प्राविधिक टोलीले पनि उद्धार कार्य अघि बढाउन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com