ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गर्नुभएको छ । राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहनु भएको छ ।

राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधनका क्रममा भन्नुभयो, “आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी फोल्हा अखबारको ग्राहक रद्द गरेको छु । फोल्हा पत्रिका पढ्न चाहनेले ब्रासिलियाका बस स्टेसनमा रोकिएर किन्न सक्नेछन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता अमेरिकाका दुई वटा ठूला अखबारहरु दि न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टको ग्राहक नबन्ने घोषणा गर्नुभएको थियो । ब्राजिली राष्ट्रपति बोल्सोनारो पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै शैली पछ्याउन रुचाउनु हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्राजिली राष्ट्रपतिले फोल्हा, टिभी ग्लोबो र भेजा म्यागाजिन समेतका ब्राजिली सञ्चार माध्यममाथि राष्ट्रपति चुनावी अभियानदेखि गत जनवरीमा राष्ट्रपतिको सपथ लिएयता निरन्तर आलोचना गरिरहनु भएको छ ।

“हामीले यस्ता अखबारका लागि बढी पैसा खर्च गर्नु आवश्यक छैन । फोल्हामा जसले विज्ञापन गरिरहेको छ सचेत रहनू,” बोल्सोनारोले चेतावनी पनि दिनुभएको छ ।

फोल्हाले एक विज्ञप्ति प्रकाशन गरी बोल्सोनारोको विभेदकारी कदमप्रति खेद व्यक्त गरेको छ । फोल्हाले सरकारका कामकारवाहीमाथि निरन्तर निगरानी राख्ने र गैर–पक्षधर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com