सीएनएनले छान्यो टपटेन सीएनएन हिरो, ‘हिरो अफ द इयर’ छान्न मतदान


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

सीएनएनले यसबर्षका टपटेन सीएनएन हिरो छानेको छ । जसमा ४ जना पुरुष र ६ जना महिला रहेका छन् ।

सीएनएन हिरोमा छानिएका १० जनाले जनही १० हजार डलरका दरले पुरस्कार पाउनेछन् । तीमध्ये एकजनालाई सीएनएन हिरो अफ द इयर छानिनेछ, जसले १ लाख डलरको पुरस्कार पाउनेछन् ।

मतदान गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

सीएनएन हिरोको घोषणा आगामी डिसेम्बर ८ मा गरिनेछ । चर्चित टेलिभिजनकर्मी एण्डरसन कुपरले संचालन गर्ने उक्त कार्यक्रम टेलिभिजनमा लाइभ प्रशारण हुनेछ ।

यसपटकको १० सीएनएन हिरोमा एकजना इथोपियाका छन् भने एकजना भारतका छन् । अरु सबै ८ जना अमेरिकाका रहेका छन् ।

सन् २०१६ मा नेपाली पुष्पा बस्नेतलाई सीएनएन सुपरहिरो घोषणा गरिएको थियो । उनी सन् २०१२ मा सीएनएन हिरो अफ द इयर भएकी थिइन् । सन् २०१० मा अनुराधा कोइराला सीएनएन हिरो अफ द इयर भएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com