ट्रम्पबिरुद्ध महाअभियोग अगाडि बढाउने प्रस्ताव पारित, ट्रम्प भन्छन् – ‘चुडेलको शिकार’


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाले ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएपछि ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिक भएको छ ।

प्रतिनिधिसभामा २३२ जनाले प्रस्तावका पक्षमा मतदान गरेका छन् भने १९६ जनाले विपक्षमा मतदान गरेका छन् । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा भएको मतदान होइन, यो केवल महाअभियोग प्रकृयालाई औपचारिक रुपमा अगाडि बढाउनका लागि भएको मतदानमात्र हो ।

यो प्रस्ताव पारित भएपछि ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धान निरन्तर हुनेछ । संकल्प प्रस्तावमा उल्लेखित प्रोटोकल अनुशार अनुसन्धान अगाडि बढाइने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधिसभामा भएका मतदानमा दुईजना डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग प्रकृया अगाडि बढाउने प्रस्तावबिरुद्ध मतदान गरेका छन् । न्युजर्सीका सांसद जेफ भ्यान ड्रिउ र मिनेसोटाका सांसद कोलिन पिटरसनले प्रस्तावबिरुद्ध मतदान गरेका हुन् । कुनै पनि रिपब्लिकन सांसदहरुले प्रस्तावका पक्षमा मतदान गरेनन् ।

प्रतिनिधिसभाका सभामुखले मतदान नगर्ने परम्परा रहेपनि न्यान्सी पेलोसीले भने महाअभियोग प्रस्ताव अगाडि बढाउने पक्षमा मतदान गरेकी छिन् ।

संसदमा भएको मतदान लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै ‘अमेरिकी इतिहासको सबैभन्दा ठूलो चुडेको शिकार’ भएको बताएको छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com