२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

पूर्वमाओवादी लेनिन विष्टलाई विमानस्थलबाट फर्काउनु असंवैधानिक : सर्वोच्च अदालत

सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेको छ ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।

थाइल्याण्डको एउटा कार्यक्रममा गत २०७५ भदौ ८ जान लाग्नुभएका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वाेच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।