१० वटा आगोको चपेटामा क्यालिफोर्निया, के हो इजी, गेटी र किन्केड फायर ?


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

क्यालिफोर्निया अहिले १० वटा आगोको चपेटामा परिरहेको छ । तीमध्ये तीनवटा आगो इजी फायर, गेटी फायर र किन्केड फायरले क्यालिफोर्नियालाई आक्रान्त पारेको छ । आगोका कारण झण्डै साढे २ करोड व्यक्तिलाई कुनै कुनै प्रकारको जोखिममा रहेको भन्दै रेड फ्ल्याग चेतावनी दिइएको छ ।

बुधबार विहानबाट क्यालिफोर्नियाको भिन्तुराबाट सुरु भएको इजी फायर आगो तीब्र गतिमा फैलिदा रोनाल्ड रेगन प्रेसिडेण्टल लाइब्रेरी र संग्राहालय जोखिममा परेका छन् । प्रहरी र अग्नी नियन्त्रकहरु लाइबे्ररीको आसपासमा आगो पुग्न नदिन प्रयासरत रहेका छन् भने हेलिकप्टरहरुबाट पानी बर्षाइएको छ । आगोको ज्वाला सजिलै १ हजार एकड जमिनमा फैलिएको जनाइएको छ । जसका कारण भेन्तुरा काउन्टीका दुई समुदाय सिमी उपत्यका र मुरपार्क छाडेर अन्यन्त्र जान सर्वसाधारणलाई निर्देशन दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार जंगलमा लागेको आगोसँगै क्यालिफोर्नियामा मौसम एकदमै खराब बनेको छ । सापेक्षित आद्रता निकै कम रहेको र हावाको चाप तीब्र बनेको छ ।

त्यस्तै लस एन्जलस क्षेत्रमा सोमबारदेखि फैलिएको गेटी फायर आगोका कारण ७५ सय घर खाली गराइएको छ । यो आगोले कम्तीमा ८ वटा घर जलेका छन् भने ७४५ एकडमा फैलिसकेको छ । लस एन्जलस क्षेत्रमा ७० माइल प्रतिघण्टाको गतिमा हावा चलेको जनाइएको छ ।

जंगलमा लागेको आगोको कारण उत्तरी क्यालिफोर्नियाका ३० वटा काउन्टीमा १५ लाख व्यक्तिका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । तीमध्ये १० लाख व्यक्तिका घरमा सप्ताहन्तदेखि अहिलेसम्म नै अन्धकार रहेको छ ।

क्यालिफोर्नियामा फैलिएको सबैभन्दा ठूलो आगो अक्टोबर २३ देखि सुरु भएको किन्केड फायर हो । यो क्यालिफोर्निया राज्यको सबैभन्दा ठूलो आगो हो र अहिलेसम्म सकृय रहेको छ । यो आगो ७७ हजार एकड जमिनमा फैलिएको छ । यो आगोले १८० भन्दा धेरै संरचना ध्वस्त पारेको छ जसमा ८६ परिवारका घर समेत रहेका छन् । सानोमा विमानस्थलका कैयन उडानहरु बिहिबारसम्मका लागि रद्द गरिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com