न्युयोर्कमा भूकम्प


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

न्युयोर्कमा सोमबार राती महसुस गरिएको धक्का भूकम्प भएको प्रमाणित भएको छ । सोमबार राती ८ बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

न्युयोर्कको वेष्टचेस्टर काउन्टीमा भूकम्पको धक्का महसुस भएको र मामारोनेकमा १ दशमलव २७ रेक्टर स्केलको भूकम्प मापन गरिएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु रकल्याण्ड एभिन्यु नेर रहेको थियो ।

प्रहरीले सोमबार ठूलो विष्फोटको आवाज सुनिएको भन्दै गरिएका फोनकलहरु प्राप्त गरेको थियो । तर त्यो आवाज के को थियो भन्नेबारे केही खुलेन । भूकम्पबाट कुनै क्षति पुगेको विवरण भने प्राप्त भएको छैन ।

विहिबार न्युयोर्कको रकल्याण्ड काउन्टीमा १ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । सामान्यतया २ वा त्यो भन्दा माथिको रेक्टर स्केलको भूकम्पमात्र सर्वसाधारणले अनुभव गर्नसक्ने जनाइएको छ । तर केन्द्रबिन्दु नजिक भने त्योभन्दा कम स्केलको भूकम्प पनि अनुभव गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com