आक्रमण अगाडि डीएनए जाँच्न कुर्दिस जाजुसले चोरेका थिए बगदादीको कट्टु


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादीमाथि आक्रमण अगाडि कुर्दिस जासुसले उनी बस्ने घरको कम्पाउण्डबाट उनको कट्टु चोरेको खुलासा भएको छ । बगदादी डीएनए परीक्षणका लागि कट्टु चोरिएको जनाइएको छ ।

त्यही कट्टुको डीएनएएको आधारमा बगदादी त्यहाँ भएको पत्ता लगाइएको थियो भने टाउको विनाको शरिर बगदादीकै भएको पुष्टी गरिएको थियो । बगदादीले आफू बस्ने स्थान छिटो छिटो परिवर्तन गर्ने र त्यहाँबाट पनि अर्को स्थानमा जाने सम्भावना भएकाले उनी सर्नु अगाडि नै कुर्दिस अण्डरकभर बगदादीको कम्पाउण्डमा छिरेर कट्टु चोर्न सफल भएका थिए ।

बगदादीको मृत्युको घोषणा गर्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बगदादीमाथिको आक्रमणमा कुर्दिसहरुले महत्वपूर्ण सहयोग गरेको बताएका थिए । बगदादी भाग्दै निकाश नभएको टनेलमा छिरेर आत्मघाती भेष्ट विष्फोट गराएर मरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बगदादीको टाउको शरिरबाट छुटेपनि छिन्नभिन्न भने नभएकाले कमाण्डोले अनुहार चिन्ने प्रविधि र बायोमेट्रिक मार्फत मारिने व्यक्ति बगदादी नै भएको पुष्टी गरेका थिए । बगदादीको डीएनए नमुना संकलन गरिएको र मारिने व्यक्ति बगदादी नै भएको परीक्षणबाट १५ मिनेटमा नै पत्ता लागेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com