अमेरिकामा प्रेमीलाईआत्महत्या दुरुत्साहन गर्नेविरुद्ध अभियोग


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

अमेरिकाको बोष्टनमा प्रेमीलाई आत्महत्याका लागि दुरुत्साहन गर्नेविरुद्ध अभियोग लगाइएको छ । गत मे महिनामा आत्महत्या गरेका युवकलाई उनकी प्रेमिकाले पटकपटक आत्महत्या गर्न भनेको दुईबीचको टेक्स्ट सम्बादबाट खुलेको छ ।

१८ महिनाको सम्बन्धमा रहँदा २१ बर्षकी इनयोंग युले आफ्ना प्रेमीलाई पटकपटक आत्महत्या गर्न र उनले आत्महत्या गरेमा आफू तथा आफ्नो परिवारलाई आनन्द हुने बताएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालयका अनुशार दक्षिण कोरियाकी ती युवतीबिरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग लगाइएको छ ।

यदि ती युवती अमेरिका आफै नफर्केको खण्डमा कानुनी प्रकृया अपनाएर अमेरिका फर्काइने र कठघरामा उभ्याइने सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रेमी डिप्रेसनमा गएपछि पनि उनले धम्काउने र मागहरु गर्ने गरेको दुईबीच आदान प्रदान गरिएको सन्देशबाट खुलेको छ ।

तस्वीरमा आत्महत्या गरेका प्रेमी अलेक्जेण्डर उर्सुला ।

( If you or someone you know might be at risk of suicide, you can call 1-800-273-8255 to reach the National Suicide Prevention Lifeline. It provides free and confidential support 24 hours a day, seven days a week for people in suicidal crisis or distress.)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com