अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै भेट


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुसँगको संयुक्त भेटपछि प्रचण्ड र सीबीच एक्लाएक्लै भेट भएको हो । भेटमा आपसी हित र सम्बन्धको बारेमा कुरा भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्डसँगको भेटसँगै अहिले चिनीया राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधमण्डलबीच उच्चस्तरीय वार्ता चलिरहेको छ । उच्चस्चरीय वार्तापछि दुई देशबीच आपसी सम्झौता हुने छ ।

दुईदिने राजकीय भ्रमणको लागि हिजो नेपाल आएका चिनीया राष्ट्रपति सी आइतबार चीन फर्कनुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com